• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८२, सोमबार १५:३३
  • ३८५

    वीरगंज । चालु आर्थिक वर्ष बित्न एक महिनामात्रै बाँकी छ। तर, मधेस प्रदेश सरकारले कुल बजेटको मात्र २० प्रतिशत मात्रै खर्च गरेको छ। त्यसमा पनि चालु खर्च ३२ प्रतिशत छ भने पुँजीगत खर्च १३ प्रतिशत मात्रै छ।

    म्धेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बजेट ल्याएको थियो। प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरका अनुसार, जेठ २५ गतेसम्म ८ अर्ब ८९ करोड ५२ लाख मात्रै खर्च भएको छ। जसमा पुँजीगत खर्च ३ अर्ब ८२ करोड ६६ लाख ३८ हजार ४ सय ८९ छ। चालु खर्च ५ अर्ब ७२ करोड ८८ लाख ६ हजार २ सय ७८ मात्रै छ।

    मन्त्रालयगत रूपमा प्रदेशको वन तथा वातावरण मन्त्रालयले सबैभन्दा बढी ४० प्रतिशत बजेट खर्चेको छ भने सबैभन्दा कम खेलकुद तथा समाज कल्याण मन्त्रालयले ६ प्रतिशतमात्रै बजेट खर्च गरेको छ। जबकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि निकै आकर्षक नारा र कार्यक्रमले भरेर नीति तथा कार्यक्रम ल्याएको छ। जुन, प्रदेशसभाबाट आइतबार पारित भएको छ।

    मधेस प्रदेश सरकारका अर्थमन्त्री सुनीलकुमार यादवले आइतबार मधेस प्रदेशसभामा विनियोजन विधेयक २०८२ समेत प्रस्तुत गरेका छन्। जसमा प्रदेशको समृद्धि र विकासका निकै गहकिला नाराहरू समावेश गरिएका छन्। तर, चालु आर्थिक वर्षमा विकास बजेट अति नै न्यून खर्चेको सरकारसँग आगामी वर्षमा विकास योजनाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने आस नरहेको अर्थविद् तथा मधेस प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष भोगेन्द्र झा बताउँछन्। ‘प्रदेश सरकारले ल्याएका योजनाहरूनै दीर्घकालीन छैनन्।

    वित्तीय अनुशासन कायम गर्नका लागि बजेटको सही सदुपयोग आवश्यक हुन्छ तर, मधेस प्रदेशमा त्यस्तो देखिएको छैन,’ झा भन्छन्, ‘आर्थिक वर्षको अन्त्यमा आएर काम गर्ने र जेनतेन बजेट खर्च प्रतिशत बढाउने परिपाटी सरकारको पुरानै हो। यस वर्ष पनि सोहीअनुसारले काम हुन्छ होला।’

    प्रदेशमा योजना तर्जुमा राम्रो तरिकाले नहुँदा बजेट खर्चमा कमी आएको मधेस प्रदेश अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन्। ‘यसपालि योजना तर्जुमामै कमी, कमजोरी देखिएको छ। जुन योजना कार्यान्वयन गर्न सक्ने खालका हुन्छन्, त्यसमा न्यून बजेट सुनिश्चित गरिन्छ तर, जुन कार्यान्वयनमा कठिनाइ हुने खालका छन् त्यसमा बढी बजेट राखिन्छ र त्यो खर्चनै हँदैन,’ अर्थसचिव महतो भन्छन्, ‘यस वर्ष मधेस प्रदेशमा योजना कार्यान्वयन पनि ढिला सुरु भएको हो। त्यसले गर्दा पनि बजेट खर्चमा कमि आएको देखिन्छ। तर, ठेक्का प्रक्रियाबाट हुने कामहरू भइरहेका छन्।

    त्यसैगरी उपभोक्ता समितिहरूबाट पनि काम भएका छन्। उनीहरू फाइनल भुक्तानीका लागि आर्थिक मसान्तको अन्त्यमै आउने हुनाले असारमा खर्च बढी भएको देखिन्छ। खर्च प्रतिशत नदेखिनु भनेको कामै भएको छैन भन्ने होइन। भौतिक प्रगति भएको छ तर, खर्च भने मसान्तको अन्त्यमै देखिन्छ।’

    मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हालसम्म जम्मा २२ प्रतिशत, अर्थ मन्त्रालयबाट ४० प्रतिशत, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयबाट ११ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय १६ प्रतिशत, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय १९ प्रतिशत, गृह सञ्चार तथा कानुन मन्त्रालयबाट १८ प्रतिशत, वन तथा वातावरण मन्त्रालयबाट ४२ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १६ प्रतिशत, खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट ६ प्रतिशत, शिक्षा तथा समाज कल्याण मन्त्रालयबाट १८ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २७ प्रतिशत र श्रम तथा यातायात मन्त्रालयबाट २० प्रतिशत मात्रै बजेट खर्च भएको अवस्था छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑