Krishna Shrivastav
आगलगीबाट बारामा घर जलेर पूर्ण रूपमा नष्ट
Krishna Shrivastav

बारा । बारामा आगलगीबाट घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ स्थित पटेर्वा गाउँमा बुधबार १ बजेतिर चूल्होको आगोबाट सलकेर आगलागी भएको हो। आगलागीबाट स्थानीय उमा शंकर पटेलको फुसको घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरी ले जनाएको छ । गाउँपालिका मा दमकल नभए पछी स्थानीय र प्रहरी को सहयोगमा आगो नियन्त्रणमा आएको हो। आगलागीबाट २० हजारभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आ दर्श कोतवाल गाउँपालिकामा दमकल नहुँदा आगलागी भए पछी धेरै क्षति हुने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
हुनसक्छ फेरि लकडाउन संक्रमण उच्च हुनगएमा- स्वास्थ्य मन्त्रालय
Krishna Shrivastav
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए । उनले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’ उनले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका