वीरगन्ज । बंगलादेशको एक अदालतले प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने याेजना बनाएका १४ आतंकवादीलाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।
ढाका र्यापिड सुनुवाई न्यायाधिकरणका न्यायाधीश अबु जफर मोहम्मद कमरजुजामानले मंगलबार फैसला सुनाएका हुन्। फस्ट पाेष्टका अनुसार मृत्युदण्ड सुनाइएकाहरु प्रतिबन्धित हरकत-उल-जिहाद- अल- स्लामिक बंगलादेश (हूजी-बी) का सदस्य हुन्।
फैसलाका क्रममा १४ मध्ये नौ जना अदालतमा उपस्थित थिए। बाँकी पाँच जना अपराधी फरार छन्। फरार रहेकालाई पक्राउ गरिएपछि मृत्युदण्ड दिइने समाचारमा उल्लेख छ।