• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

  • वीरगंज संजाल
  • May 15, 2023, 1:58 pm
  • ५८५

    काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् ।नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार एमाले सचिवसमेत रहेका रायमाझी आइतबार साँझ पक्राउ परेका छन्। फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरी सो्रतका अनुसार रायमाझी शनिबार मात्रै काठमाडौ छिरेको सूचना प्रहरीले पाएको थियो। उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा. इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट वैशाख २० मा पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी आउँदा उनी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए। त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी फरार भएका थिए। प्रहरीले शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो ।

    त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए । प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझीलाई वैशाख २० मा साथै केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि आजै चार दिन म्याद थप भएको छ।

    घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएकापक्राउ परेका डा इन्द्रजित राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ।आज पक्राउ परेका रायमाझीलाई नेकपा (एमाले)ले सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑