• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आन्दोलनरत चिकित्सक भन्छन् : आयोगका पदाधिकारी ‘ध्रुवे हात्ती’ जस्ता भए

  • वीरगंज संजाल
  • May 2, 2023, 5:08 pm
  • ८८१

    काठमाडौं | एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले मंगलबार पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन्। मंगलबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरुले आज २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग डा. छवि पन्थीले एमडी/एमएसको प्रवेश परीक्षाको नतिजामा वैज्ञानिक व्यवस्थापन हुन नसकेको बताए। उनले योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए।

    उनले आयोगमा नेतृत्व गरेका पदाधिकारीहरु कानूनी राजभन्दा माथि हो ? भन्दै प्रश्न गरे। उनले भने, ‘गत पुस महिनाको २ गते चिकित्सा शिक्षा आयोगले एमडी/एमएसको प्रवेश परीक्षा लिएको थियो। यसको सन्दर्भमा करिब एक हप्तामा नतिजा निकाल्यो, त्यसको वैज्ञानिक व्यवस्थापन गर्ने बेलामा त्रुटीपूर्ण तरिकाले व्यवस्थापन गरेको छ। योग्यताक्रम मिचेर भर्ना प्रक्रिया अघि बढाएकाले हामीले अदालतमा मुद्दा हालेका छौँ। चिकित्सा शिक्षा आयोग र आयोगको नेतृत्व गरिरहेका पदाधिकारीहरुले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला अनुरुप योग्यताक्रम नमिचिने गरी आएको जुन आदेश थियो, त्यसको विरुद्धमा उहाँहरु गएको कारणले हामीले अवहेलनाको मुद्दा दर्ता गरेका छौँ। आयोगमा नेतृत्व गरेका पदाधिकारीहरु कानूनी राजभन्दा माथि ध्रुवे हात्ती, उन्मत्त हात्ती बनाएर बसेका छन्, उनीहरुले विद्यार्थीहरुको मर्का बुझेका छैनन्।’

    प्रदर्शनकारी चन्दनकुमार गोइतले र्‍यांकअनुसार विद्यार्थीहरुले भर्ना पाउनुपर्ने माग गरे। उनले विद्यार्थीहरुमाथि चिकित्सा शिक्षा आयोगले बारम्बार आक्रमण गरिरहेको आरोप लगाए। उनले भने, ‘हामी दुई महिनादेखि आन्दोलनरत छौँ। हाम्रो माग योग्यताक्रम मिचिनु नहुने हो। र्‍यांकअनुसार विद्यार्थीहरुले भर्ना पाउनुपर्छ, अहिले गोलाप्रथा जस्तो भयो। विद्यार्थीहरुमाथि आयोगले बारम्बार आक्रमण गरिरहेको छ।’ आन्दोलनरत चिकित्सक रविना श्रेष्ठले परीक्षा दिएको ५ महिनासम्म पनि प्रक्रियाअनुसार काम हुन नसकेको बताइन्। उनले प्रक्रियाअनुसार पढ्न मन रहे पनि नपाएको गुनासो गरिन्। उनले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग २ दिनमै सम्बोधन भए पनि विद्यार्थीहरुका माग सम्बोधन गर्न कुनै निकाय नआएको आरोप लगाइन्।

    उनले भनिन्, ‘हामीले परीक्षा दिएको ५ महिना भयो, हामीलाई प्रक्रियाअनुसार पढ्न मन छ, महावीर पुनको माग २ दिनमा पूरा भयो तर हाम्रो माग कसैले सुनेन। चिकित्सा शिक्षा आयोगले हाम्रो केस लम्ब्याउँदै गरेको छ।’ उनीहरुले ‘विद्यार्थीको भविष्यसँग खेल्न पाइँदैन’, ‘मेरा साना दुःखले आर्ज्या र्‍यांक होइन’, ‘सबै प्रमाण छन् खिचेको, योग्यताक्रम मिचेको’, ‘योग्यताक्रम लागू गर्’, ‘देशको स्वास्थ्य नबिगारी देउ’, ‘चोक चोकमा स्वर छ, चिकित्सा शिक्षा आयोगमा चोर छ’, ‘न्याय माग्न कुन गोरखा जानु ? न्यायपालिकाभन्दा ठूलो कार्यपालिका कसरी भयो ?’, ‘नखाउँ भने वर्षभरको शिकार, खाउँ भने छुट्ने भयो अधिकार’ लगायतका प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑