• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हुथी विद्रोहीसँग वार्ता गर्न साउदी टोली यमनमा

  • वीरगंज संजाल
  • २७ चैत्र २०७९, सोमबार १४:०१
  • १३८५

    वीरगंज । इरानसमर्थित हुथी लडाकू समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा शनिबार साँझ आइपुगेको हुथीद्वारा सञ्चालित अल–मसिराह टीभीले आइतबार जनाएको छ। युद्धविराम सम्झौता नवीकरण गर्ने विषयमा छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्न आएको समाचारमा उल्लेख छ। उक्त सम्झौता सन् २०२२ को अक्टोबरमा समाप्त भएको थियो।

    ‘यमनमा शान्ति स्थापनाका लागि ओमानको मध्यस्थता प्रयासको एक हिस्साको रूपमा यो कदम चालिएको हो’, विज्ञप्तिमा लेखिएको छ। यमन र साउदी दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्रसंघको शान्ति प्रयाससँग समन्वय गरी यमनमा युद्धविरामका लागि लागिपरेको छ। यमनी सुरा परिषद्का सदस्य तथा हुथी समूहका प्रमुख नेता मोहम्मद अल बुखैतीले सिन्ह्वालाई बताएअनुसार यमनका लागि साउदी राजदूत मोहम्मद अल जाबेर प्रतिनिधिमण्डल प्रमुखका रूपमा शनिबार यमनको राजधानी आइपुगेका हुन्। हुथी समूहले शनिबार पनि साउदीले रिहा गरेका १३ जना युद्धबन्दीलाई साउदी कैदीको बदलामा प्राप्त गरेको बताएको थियो।

    विशेष गरी साउदी अरब र इरानबीच तनाव कम गर्न र कूटनीतिक सम्बन्ध पुनः स्थापित गर्न हालैका चिनियाँ प्रयासहरू पछि यमनमा युद्ध अन्त्यका लागि शान्ति प्रयासहरू बढ्दै गएका छन्। यमनमा सन् २०१४ को अन्त्यतिर हुथी लडाकू समूहले उत्तरी क्षेत्रका धेरै सहर आफ्नो नियन्त्रणमा लिएको थियो। यससँगै साउदीसमर्थित यमन सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि यमनमा द्वन्द्वले उत्कर्ष रूप लिएको थियो। साउदी नेतृत्वको गठबन्धनले सन् २०१५ मा यमन सरकारलाई समर्थन गर्न यमनमा हस्तक्षेप गरेको थियो। यस युद्धले १० औंं हजार जनाको ज्यान लिइसकेको छ। ४० लाख व्यक्ति विस्थापित भएका छन्। युद्धले देशलाई भोकमरीको संघारमा पुर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑