• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    के पाकिस्तानले दोहोर्‍याउला इंग्ल्यान्ड विरुद्धको इतिहास ?

  • वीरगंज संजाल
  • Nov 13, 2022, 1:54 pm
  • १०१७

    मेलबर्न | एक महिनाको समय र ४४ खेलपछि ट्वान्टी-२० विश्वकप समाप्तीको संघारमा छ । आइतबार नेपाली समयअनुसार दिउँसो पौने दुई बजे फाइनल रहेको छ । उपाधिको भिडन्तमा ओर्लिदै छन्, पाकिस्तान र इंग्ल्यान्ड । खेल प्रसिद्ध मेलबर्न क्रिकेट मैदानमा हुँदैछ । कप्तान जस बटलरको नेतृत्वमा इंग्ल्यान्ड सेतो बल क्रिकेटमा मीठो लयबाट गुज्रिरहेको छ । त्यसैले बटलरलाई लाग्छ, पाकिस्तानले इंग्ल्यान्डलाई हराउने हो भने साँच्चै अद्वितीय ढंगले खेल्नु पर्नेछ । फेरि इंग्ल्यान्ड वान डे विश्वकपको पनि विजेता हो । त्यसैले उसको सामु एकै समय दुई विश्वकपको डिफेन्डिङ च्याम्पियन बन्ने अवसर छ । अर्कोतर्फ भाग्यमानी पाकिस्तानले पनि ठीक समयमा लय समातेको छ र उसलाई लाग्छ, स्थिति सबै उनीहरूकै अनुकूलतामा छ ।

    यसबीच एक अर्को तत्त्व पनि निर्णायक देखिन्छ र यो हो, वर्षा । खेल वर्षाले प्रभावित रह्यो भने के होला त ? यो त अहिलेसम्म अनुमानमात्रै हो, तर खेलकै समय वर्षाको सम्भावना अनुमान गरिएको छ । सम्भावना पनि कस्तो भने शतप्रतिशत । धन्न, फाइनलका लागि सोमबार ‘रिजर्भ डे’ पनि राखिएको छ । सोमबार पनि वर्षाको सम्भावना छ, त्यसैले दुवैले उपाधिमा साझेदारी गर्नु पर्ने स्थिति पनि हुन सक्छ । फाइनलको नतिजाजस्तै भए पनि एउटा अर्को तथ्य भने निश्चित छ र यो हो, वेस्ट इन्डिज पछि इंग्ल्यान्ड होस अथवा पाकिस्तान, अथवा दुवै टिम दुई पल्टको ट्वान्टी-२० विश्वकप च्याम्पियन हुनेछ । सन् २००९ मा पाकिस्तानले पहिलोपल्ट ट्वान्टी-२० विश्वकप जितेको थियो, श्रीलंकालाई हराए । त्यसको एक वर्षपछि इंग्ल्यान्डले यस्तै सफलता चाखेको थियो, अस्ट्रेलियालाई पन्छाएर ।

    अहिले तत्कालका लागि भने इंग्ल्यान्ड नै उपाधिको बलियो दाबेदार रहेको छ, कम्तीमा अहिलेसम्मको प्रदर्शनको आधारमा । इंग्ल्यान्डको सेमिफाइनल यात्रा धेरै हदसम्म अपेक्षित र सजिलो रह्यो । त्यहीं बाबर आजामको पाकिस्तानको सेमिफाइनल बाटो कठिन थियो, नाटकीय थियो, अझ भन्दा त्यसमा भाग्यको खेल थियो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई नहराएको भए, पाकिस्तान यहाँसम्म पुग्ने पनि थिएन् । तर मूल कुरा यहींतिर छ । सन् १९९२ मा वान डे विश्वकप अस्ट्रेलियामा भएको थियो र त्यसको उपाधि जितेको थियो, पाकिस्तानले । त्यति बेला पनि पाकिस्तानले लिग चरणमा राम्रो खेल्न सकेन्, तर नाटकीय मोडबीच सेमिफाइनल पुगेको थियो । त्यहाँ उसले न्युजिल्यान्डलाई हरायो र अन्तत: फाइनलमा इंग्ल्यान्डलाई पन्छायो ।

    अहिले पनि पाकिस्तानी टिमले बेहोरेको परिस्थिति ठ्याक्कै त्यस्तै छ, त्यसैले पाकिस्तानी क्रिकेट समर्थकको दाबी हो, अब इतिहास दोहोरिंदै छ । फेरि एकपल्ट पाकिस्तानले इंग्ल्यान्डलाई हराएर ट्वान्टी-२० विश्वकप जित्ने छ । त्यति बेला र अहिले फरक एउटा तथ्य के छ भने इंग्ल्यान्ड असाध्यै बलियो छ, बटलरको नेतृत्वमा रहेको टिम गज्जब छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
  • वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    गरिमा हत्याका आराेपीको बयानको भिडियो लिक गर्ने एक प्रहरी पक्राउ

    गरिमा हत्याका आरोपीको भिडियो साेसल मिडियामा हाल्नेहरुलाई खाेज्दै प्रहरी

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    News

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    News

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑