वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाले अतिक्रमण गरिएको सार्वजनिक जग्गा छुट्याई खाली गराउने काम सुरु गरेको छ ।
बिन्दवासिनी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रम हटाउने अभियान आज बाट सुरु गरेको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए । आज सार्वजनिक जग्गा छुट्याउने क्रममा पहिलो दिन वडा नं-१ बिश्रामपुरमा रहेको सेनुरियामाई मन्दिरको अतिक्रमित जग्गाको नाप नक्सा गरी अतिक्रम जग्गा छुट्याइएको हो ।
गाउँपालिका अध्यक्ष तिवारीले आज देखि अभियानमा लागेका हुन् । अतिक्रम गरिएको जग्गाको नाप नक्सा गरी छुट्याई गाउँपालिका ऐक्सावेटर ये तोडफोड गरी फीलर गाडिएको गाउँपालिकाले जनाएको छ । यस्तो कार्य काठमाडौंमा हुँदा गाउँ बासीले प्रशंसा गरे पछि पालिका प्रमुखले आफ्नो सक्रियता बढाई पर्सा जिल्लाको पहिलो पालिकाको रूपमा अतिक्रमण सार्वजनिक जग्गा छुट्याउने भएको छ ।
आज सुरु गरिएको अभियानलाई स्वागत गर्दै गाउँबासीहरुले खुसी व्यक्त गरेका छन् । यो कार्य पर्सा गाउँपालिका अध्यक्ष तिवारीले ३५ दिन पहिला एक सूचना जारी गर्दै अतिक्रमण सार्वजनिक जग्गा छोड्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा पालिकाका कर्मचारी , स्थानिय जनप्रतिनिधि , गाउँबासी , स्थानिय प्रशासन लगायतको उपस्थिति रहेको थियो ।