वीरगंज । भारतको जम्मू डिभिजनको पुन्च जिल्लामा एक ठूलो सडक दुर्घटना भएको छ। जिल्लाको मण्डी तहसीलको भारत-पाकिस्तान नियन्त्रण रेखामा मिनीबस दुर्घटना भएको छ ।
मिनीबस खाल्डोमा खसेको हो । यस दुर्घटनामा ११ जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सेना र प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सुरु गरेको छ ।