वीरगन्ज । सरकारले भन्डारण केन्द्र निर्माण गरी कृषकका उत्पादन खरिद तथा भन्डारण गरिदिने भएको छ । आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घाषणा गरेको हो ।
“प्रदेश र स्थानीय तहको लागत साझेदारीमा आन्तरिक खाद्यान्न भन्डारण केन्द्र
निर्माण गरिनेछ,” मंगलबार राष्ट्रपति विद्या भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “किसानका उत्पादन खरिद तथा भन्डारका लागि कार्यक्रम ल्याइनेछ ।”