• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिसयाडीबाट पनि लखेटिए मेयर नितेन्द्र साह

  • वीरगंज संजाल
  • २४ बैशाख २०७९, शनिबार १४:०५
  • ५९२९

    वीरगन्ज | शुक्रबार राति साढे ११ बजेको समयमा बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसयाडीका बासिन्दाले निवर्तमान मेयर नितेन्द्र साह र वडाध्यक्ष जितेन्द्र पटेललाई गाउँबाट लखेटेका छन् । नितेन्द्र यसपाली पनि कांग्रेसबाट बहुदरमाई नगरपालिकाको मेयरमा चुनाव लडिरहेका छन् । अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित पटेल यसपालीको निर्वाचनमा कांग्रेसबाट बहुदरमाई–२ को वडाध्यक्षका उम्मेदवार हुन् । मतदाता प्रभावित गर्न रातको समयमा पैसा लिएर गाउँ छिरेको थाहा पाएपछि स्थानीयले वडाध्यक्ष जितेन्द्र पटेललाई नियन्त्रणमा लिएका थिए । स्थानीयले घेरा हालेर कुटपिट गर्न थालेपछि पटेल ललन ओझाको घरमा लुक्न पुगेका थिए ।

    केही समयपछि मेयर नितेन्द्र साह भारतीय जनता पार्टीका मीडिया प्रभारीको बीआर ०५ पीए ६९२७ नम्बरको भारतीय गाडी चढेर सिसयाडी पुगेका थिए । मेयर चढेको गाडीलाई समेत घेरा हालेर सिसयाडीवासीले नाराबाजी गरेका थिए । वडाध्यक्ष जितेन्द्र पटेललाई मेयर साहले आफ्नो गाडीमा राखेर त्यहाँबाट निस्कन खोज्दा स्थानीयले गाडीको सिसा समेत फुटाएका थिए । मध्य रातको समयमा पैसा बोकेर गाउँ पसेका मेयर र वडाध्यक्षका उम्मेदवारलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएको सूचना आएपछि सुरक्षाकर्मीको टोली सिसयाडी पुगेको थियो । स्थानीयले बारम्बार मेयरको गाडीको खनतलाशी गर्न त्यहाँ उपस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आग्रह गरेका थिए ।

    तर, सुरक्षाकर्मीले मेयरको गाडी स्कर्टीङ गरि त्यहाँबाट निकालेका थिए । प्रहरीले खनतलाशी नगरेपछि स्थानीयले सुरक्षाकर्मी विरुद्ध पनि नाराबाजी गरेका थिए । ‘मेयरले पालेका युवाहरुले पछिल्लो समय बहुदरमाई नगरपालिकाका विभिन्न वडामा पुगी रातको समयमा पैसाको प्रलोभन देखाएर मतदातालाई प्रभावित पार्ने पयास गरेका छन्,’ स्थानीय रामाशीष राम भन्छन्, ‘जनताले नियन्त्रणमा लिएर पुलिसलाई खनतलासी गर्न आग्रह गर्दा पनि प्रहरीले चासो लिएको छैन् । सिसयाडीमा मेयर र वडाध्यक्षले पैसा लिएर आएका थिए ।’ शुक्रबार राति सिसयाडीबाट लखेटिएका मेयर नितेन्द्र यसअघि रामनगरी, फुलकौल, पटनी बलीरामपुरबाट जनताको प्रश्नको जवाफ दिन नसक्दा गाडी चढेर फर्केका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑