• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

  • वीरगंज संजाल
  • २६ बैशाख २०८२, शुक्रबार ०८:२१
  • २१९३

    वीरगन्ज । चेक अनादर (बाउन्स)सम्बन्धी कसुरमा बुधबारदेखि नयाँ कानुन लागू भएको छ । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधान हेरफेर गरेको हो ।

    बुधबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको ऐनअनुसार अब चेक बाउन्ससम्बन्धी कसुरमा प्रहरीले मात्र अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । यसअघि सर्वसाधारणले चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सक्ने विकल्प थियो । बैंकिङ कसुर तथा सजाय ऐन संशोधनमार्फत विनिमेय अधिकार ऐन, २०३४ दफा १०७(क) खारेज गरिदिएको हो । जुन दफामा चेकमा उल्लेख भएबराबरको पर्याप्त निक्षेप नभएमा सजायसम्बन्धी व्यवस्था थियो । एउटै कसुरमा दुईथरी कानुन रहेको भन्दै अब एउटै मात्र कायम गरिएको छ ।

    संशोधित ऐनमा चेक बाउन्सका मुद्दा प्रहरीले मात्र हेर्न पाउने व्यवस्था गरिएकाले यससम्बन्धी मुद्दाको चाप अझै बढ्ने जोखिम छ । हाल प्रहरीले अनुसन्धान गर्ने मुद्दाको अग्रस्थानमा चेक बाउन्ससम्बन्धी छ ।

    विनिमेय ऐनको दफा १०७(क) खारेजसँगै बाउन्स भएका एक वर्षभन्दा पुराना चेक काम नलाग्ने भएका छन् । विनिमेय अधिकार ऐन, २०३४ अनुसार अनादर भएका चेकको हदम्याद पाँच वर्ष हुन्थ्यो । अब बैंकिङ कसुर ऐनअनुसार मात्र मुद्दा चल्ने भएकाले चेक बाउन्स भएको एक वर्षभित्र प्रहरीमा जाहेरी दर्ता गरिसक्नुपर्ने हदम्याद राखिएको छ ।

    त्यस्तै, प्रहरीमा जाहेरी दर्ता भएको ६ महिनाभित्र अदालतमा मुद्दा दायर गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ । ऐनको दफा १७ मा भनिएको छ, ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३(क) बमोजिमको कसुरमा चेक अनादर गरेको प्रमाणित भएको मितिले एक वर्षभित्र जाहेरी दिन सकिनेछ र त्यसरी जाहेरी परेको मितिले ६ महिनाभित्र सम्बन्धित जिल्ला अदालतसमक्ष मुद्दा दायर गरिसक्नुपर्नेछ ।’

    चेक बाउन्स गर्नुअघि ४५ दिनको समय दिनुपर्ने
    संशोधित ऐनमा चेक बाउन्स गर्ने प्रक्रियामा पनि हेरफेर गरिएको छ । चेकमा उल्लेख भएअनुसार खातामा पर्याप्त निक्षेप नभएमा अब बैंकले खाताधनीलाई ४५ दिनको समय दिएर पैसा जम्मा गर्न सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । ऐनको दफा ३(क) ३ मा भनिएको छ, ‘उपदफा (२) बमोजिम फिर्ता हुन आएको चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा बैंक तथा वित्तीय संस्था वा सहकारी बैंकले आफूसमक्ष धारकले चेक पेस गरेको मितिले ४५ दिनको म्याद दिई आफ्नो खातामा प्रमाणित रकम जम्मा गर्न सम्बन्धित खातावालालाई जुनसुकै माध्यमबाट सूचना दिई अभिलेख राख्नुपर्नेछ ।’

    त्यति गर्दा पनि पैसा जम्मा नगरे तीन दिनभित्र चेक अनादर गरेको प्रमाणित गरी धारक (चेकमा उल्लेख रकम भुक्तानी पाउनुपर्ने व्यक्ति)लाई चेक फिर्ता दिने प्रावधान छ । यसमा राष्ट्र बैंकले चेक अनादरसम्बन्धी व्यहोरा बनाउनेछ ।

    जरिवाना घटाइयो, बिगोअनुसार सजाय
    चेक बाउन्सको मुद्दामा जरिवाना घटाइएको छ भने कैद सजाय बिगोको आधारमा राखिएको छ । यसअघि जरिवाना शतप्रतिशत रहेकोमा अब बिगो भराएर पाँच प्रतिशत मात्र राखिएको छ ।

    १५ लाखसम्मको बिगोमा एक महिना, १५ देखि ५० लाख रुपैयाँसम्म तीन महिना, ५० लाखदेखि एक करोडसम्म एक वर्ष, एक करोडदेखि १० करोडसम्म दुई वर्ष र १० करोडभन्दा धेरै बिगोको हकमा चार वर्ष कैद सजायको प्रावधान राखिएको छ ।

    साथै, ऐनमै मिलापत्रको व्यवस्था पनि गरिएको छ । यसअघि पनि चेक बाउन्सको मुद्दामा मिलापत्र हुनेमा मुलुकी अपराध कार्यविधि संहिताअनुसार हुने गर्दथ्यो । अब मूल ऐनमै समावेश गरिएको छ । ऐनमा चेकको उल्लेख रकमको स्रोत खोज्ने व्यवस्था भने राखिएको छैन ।

    नेपाल बार एसोसिएसनका महासचिवसमेत रहेका वरिष्ठ अधिवक्ता केदार कोइराला समग्रमा चेक बाउन्ससम्बन्धी प्रावधान राम्रो रहेको बताउँछन् । ‘चेक बाउन्सको मुद्दामा शतप्रतिशत जरिवानाले अलि अन्याय नै हुँदै आएको थियो,’ उनी भन्छन्, ‘जरिवाना घटाउने व्यवस्था उचित छ । चेकमा भएको रकमको स्रोतसमेत खोज्ने व्यवस्था भएको भए अझै राम्रो हुन्थ्यो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
  • लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम
  • उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान
  • डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

    News

    लोडशेडिङको चिन्ताबीच एकातिर बाङ्ग्लादेश विद्युत् निर्यात सुरु हुँदै, अर्कातिर विद्युत् खेर जाने जोखिम

    News

    उपकार सेवा नेपाल द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना ,२ महिला सहित २९ जनाले गरे रक्तदान

    News

    डेसिमल कलेजद्वारा ‘फेयरवेल मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न

    News

    वीरगन्जमा खेलकुद महासंघको एकपक्षीय कमिटी गठनप्रति पुरानो कमिटीको कडा आपत्ति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑