• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

  • वीरगंज संजाल
  • २५ बैशाख २०८२, बिहीबार ०९:२०
  • ७८५

    भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युसँगै भारत सरकारले विश्वविद्यालयमाथि निगरानी बढाएको छ। विभिन्न देशका ४० हजार बढी विद्यार्थी अध्ययन गर्ने यस विश्वविद्यालयमा बारम्बार विद्यार्थीको शंकास्पद मृत्युु हुुन थालेपछि भारत सरकारका विभिन्न निकायले निगरानीमा राखेर जाँचपडताल थालेका हुन्।

    किट विश्वविद्यालयमाथि भारतको विदेश मन्त्रालय, भारतीय प्रहरी, राष्ट्रिय मानव अधिकार आयोग, भारतको विश्वविद्यालय अनुदान आयोग (युजिसी) ले निगरानी राखेका छन्।

    मानव अधिकार आयोगले प्रिसाको मृत्यु घटनामा जाँचबुझ थालेको पाँच दिन भइसकेको छ। आयोगले ओडिसाका मुख्यसचिव र प्रहरी महानिर्देशक (डिजिपी) का नाममा सूचना जारी गर्दै प्रिसाको मृत्यु प्रकरणमा गम्भीर जाँचबुझ गर्न भनेको छ। आयोगले ९ मे अर्थात् २७ वैशाखभित्र जाँचबुझ अनुसन्धान सम्पन्न गर्न निर्देशन दिएको छ। अहिले छानबिन चलिरहेको विश्वविद्यालय प्रशासनले जनाएको छ।

    प्रिसाको मृत्यु प्रकरणमा छानबिनका लागि युजिसीका प्रतिनिधिहरू पनि किट विश्वविद्यालयमा आएका छन्। युजिसीले पनि छानबिन समिति बनाएको छ। युजिसीले इन्दिरा गान्धी खुला विश्वविद्यालयका उपकुलपति नागेश्वर रावको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी १० दिनको समय दिएको छ।

    युजिसीका प्रतिनिधिहरूले बुधबार दिनभर विश्वविद्यालय प्रशासनसँग छलफल गरे। समितिमा राष्ट्रिय शैक्षिक योजना तथा प्रशासन संस्थानका उपकुलपति शशिकला वंजरी र विहारको गया केन्द्रीय विश्वविद्यालयका पूर्वउपकुलपति एचसिएस राठौर सदस्य छन्। आयोगकी सहसचिव सुनिता सिवाचलाई समितिको समन्वय अधिकारी तोकिएको छ।

    यही विश्वविद्यालयमा तीन महिनाअघि नेपाली छात्रा प्रतीक्षा लम्सालको पनि मृत्युु भएको थियो। विश्वविद्यालय प्रशासनले प्रिसाको मृत्युुको विषयमा सार्वजनिक रूपमा आफ्नो धारणा बाहिर ल्याउन चाहेको छैन।

    किट विश्वविद्यालयको जनसम्पर्क अधिकारी श्रद्धाञ्जली नायकले प्रिसाको मृत्युु प्रकरणबारे बोल्न चाहिनन्। विश्वविद्यालय तहबाट प्रहरी प्रशासनलाई छानबिनका लागि आग्रह गरेको र प्रहरी तथा अन्य सरोकारवाला निकायले छानबिन गरिरहेका कारण त्यस अवधिभर केही पनि नबोल्ने उनले बताइन्।

    ‘प्रिसा साहबारे अनुसन्धान गरिरहेको प्रहरी प्रशासन र अन्य सरोकारवाला निकायको छानबिन सकिएपछि विश्वविद्यालयको औपचारिक धारणा सार्वजनिक गर्नेछौं,’ उनले नागरिकसँग भनिन्।

    विश्वविद्यालय प्रशासनसँग यतिबेला भुवनेश्वर प्रहरी, युजिसी, राष्ट्रिय मानव अधिकार आयोगको टोली, प्रदेश सरकार तथा मुख्यसचिव र विदेश मन्त्रालयले साहको मृत्युवारे चासो राखेका छन्। यहाँ विदेशी विद्यार्थी पनि अध्ययन गर्ने भएकाले विदेश मन्त्रालयले पनि चासो राखेको हो। अहिले भारतबाहेक नेपाल, बंगलादेश, भुटान, श्रीलंका, सिरिया तथा अफ्रिकी मुलुुकका दुई हजारभन्दा बढी विद्यार्थी यस विश्वविद्यालयमा अध्ययनरत छन्।

    नेपालबाट मात्रै एक हजार तीन सयभन्दा बढी विद्यार्थी यहाँ अध्ययनरत छन्। विगतमा पनि विश्वविद्यालयभित्र विद्यार्थीहरूको मृत्यु हुने गरेको भए पनि यो तहको छानबिन गरिएको थिएन। तीन महिनाको अन्तरमा दुई नेपाली छात्राको शंकास्पद मृत्युु भएपछि सबैको ध्यान यस विश्वविद्यालयतिर केन्द्रित भएको हो।

    किटमा भएका यी दुई घटनालाई यहाँको प्रहरीले गम्भीरतापूर्वक लिएको जनाएको छ। ‘प्रहरीले अनुसन्धान गरिरहेकाले के भइरहेको छ, सबै भन्न मिल्दैन। गहिरोगरी अनुसन्धान गर्छौं। यो घटना कुुनै व्यक्तिसँग मात्र सम्बन्धित छैन, दुई देशको सम्बन्धको पनि विषय भएकाले हाम्रो गहिरो चासो रहन्छ,’ भुुवनेश्वर प्रहरी कमिसनर सुरेशदेवदत्त सिंहले भने।

    उनका अनुसार कलेजको आन्तरिक प्रशासन वा बाह्य अवस्थाबारे पनि प्रहरीले जानकारी लिइरहेको छ। ‘अब्बल विश्वविद्यालय हो। यसले पनि आफ्नो गरिमा गुमाउन चाहँदैन। विश्वविद्यालय प्रशासनलाई पनि गहिरो अनुसन्धान गर्न आग्रह गरेको छु,’ कमिसनर सिंहले भने। प्रिसाका बाबुुुको बयान पनि लिएका कारण प्रहरीलाई थप अनुसन्धान गर्न सहज भएको उनले बताए छ।

    पढाइमा अब्बल प्रिसा

    विश्वविद्यालय प्रशासनले प्रिसा पढाइमा अब्बल रहेको जनाएको छ। बुधबार दिउँसो नागरिकसँगको भेटमा विश्वविद्यालय प्रशासनले तत्काल कुुनै धारणा सार्वजनिक नगर्ने बताए प्रिसा पढाइमा अब्बल रहेको जनाएको हो। प्रिसा प्रथम वर्षको परीक्षा दिन विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन्। विश्वविद्यालय प्रशासनले दिएको जानकारी अनुसार अघिल्लो सेमेस्टरमा उनले ८० प्रतिशत नम्बर ल्याएकी थिइन्। प्रिसा एक वर्षअगाडि मात्रै अध्ययनका लागि नेपालबाट यहाँ आएकी थिइन्।

    प्रिसाको मृत्युको कारण अहिलेसम्म खुलेको छैन। उनको शवको पोस्टमार्टमको रिपोर्टसमेत आइसकेको छ। उनको परिवारका सदस्यहरूले भुवनेश्वर पुगेर प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन आग्रह गरे पनि निवेदन भने दर्ता नगराएको बुझिएको छ।

    प्रिसाका परिवारका सदस्यहरू भारतीय प्रहरीलाई केही नबताई अनुसन्धान मात्रै गरिदिनु भनेर मृत्यु प्रमाणपत्र लिएर मंगलबार भुवनेश्वरबाट नेपाल फर्केका थिए। मृत्युको तथ्य जाँचका लागि गरिएको पोस्टमार्टम रिपोर्टमा कुुनै कारण खुल्न नसकेपछि अनुसन्धान त्यहाँभन्दा अघि बढेको छैन।

    उडिसाको भुुवनेश्वरस्थित पुुलिस कमिसनर कार्यालयका प्रमुुख डा. सुरेशदेवदत्त सिंहका अनुसार ल्यापटप र मोबाइलको फरेन्सिक रिपोर्ट नआईकन थप जाँचपडताल अघि बढ्दैन। ‘पोस्टमार्टम रिपोर्ट आएको छ, त्यो रिपोर्टमा फल प्ले छैन। ल्यापटप र मोबाइलको फरेन्सिक ल्याब रिपोर्ट आउन बाँकी छ। त्यसपछि शंकास्पद देखिए थप जाँचपडताल हुनेछ,’ सिंहले भने।

    परिवारका सदस्यहरूले घटनाको उचित अनुसन्धान गरी न्याय गरिदिन प्रहरीलाई भनेका छन्। बुबा श्यामलाल साह कलवारले प्रिसाको मृत्युको घटनामा कसैप्रति पनि शंका नलागेको बयान दिएका छन्। किट विश्वविद्यालयका विद्यार्थीहरूका अनुसार कलेजले प्रहरी प्रशासनलाई छानबिन गरिदिन आग्रह गरेको छ।

    प्रिसाको अन्त्येष्टिमा समेत कलेज प्रशासनले सहयोग गरेको थियो। प्रिसाको मृत्युपछि विदेशी विद्यार्थीलाई विश्वविद्यालयका अधिकारीले ‘काउन्सिलिङ’ गरिरहेका छन्। नागरिकको सम्पर्कमा आएका ती विद्यार्थीका अनुसार अहिले नेपाली विद्यार्थीलाई कलेजको इन्टरनेसनल रिलेसन अफिसर (आइआरओ) ले काउन्सिलिङ गरिरहेका छन्।

    प्रिसाले गत बिहीबार विश्वविद्यालयमा इडी विषयको ‘भाइवा’ दिनुपर्ने थियो। तर उनी सहभागी भइनन्। भाइवामा नआएको र साँझ रोलक्रम जाँचमा नदेखिएपछि उनको खोजी भएको थियो। खोजी गर्दा उनी मृत अवस्थामा भेटिएकी थिइन्। उनी बिटेक प्रथम वर्षमा अध्ययन गर्थिन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑