• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महानगरको मेयर बनेपछि भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्छु : राजेशमान सिंह

  • वीरगंज संजाल
  • २२ बैशाख २०७९, बिहीबार १६:११
  • ३१६९

    वीरगञ्ज । नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका बुथ उपसभापतिसहित रामवचन पटेलसहित दर्जनौं नेता तथा कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद् प्रदीप यादव, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए ।

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री लालाबू राउतले जसपा नेतृत्वमा मधेश प्रदेशले विकासमा फड्को मारेक र जसपाकै नेतृत्वमा वीरगञ्जले पनि विकास गर्ने विश्वास व्यक्त गर्दै पार्टीबाट उठेका सम्पूर्ण उम्मेदवरहरुलाई छाता छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
    महानगरमा यसअघि रहेको नेतृत्वले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको र सहयोग गर्न चाहेपनि नलिएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले वीरगञ्जको मेयरमा राजेशमान सिंह जिते सबै पक्षसँग समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गरे ।

    त्यसतै संघीय सांसद् प्रदीप यादवले महानगरपालिकाका निवर्तमान मेयर विजयकुमार सरावगीले आफै एउटा पनि विकास निर्माणको काम नगरेको र अन्य दातृ र प्रदेश र संघ सरकारले गरिदिएको कामलाई आफ्नो भनेर प्रचार बाजी गरिरहेको आरोप लगाए । ‘सरावगीजीले २ सय किलोमिटर सडक बनाएको छु भन्नु हुन्छ तर कहाँ बनाएको छु भन्न सक्नु हुन्छ । वीरगञ्जमा हामीले जता हेर्यौं उता बिग्रेकै सडक छ, खै सरावगीजीले सडक कहाँ बनाउनु भएको छ,’ यादवले कटाक्ष कस्दै भने, ‘अरु निकाय, दातृ संस्था र प्रदेश तथा संघ सरकारले गरेको कामलाई आफ्नो भनेर प्रचारबाजी गर्दै हुनुहुन्छ मेयर सरावगी । आफूले एउटा पनि काम गर्न सक्नु भएको छैन ।

    जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले आफू निर्वाचित भएर मेयर बनेपछि महानगरमा हुने भ्रष्टचारलाई जरैदेखि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । सिंहले महानगरलाई पूर्ण रुपले डिजीटलाइज गरेर नगद कारोबारलाई अन्त्य गर्ने र बिचौलियाले सेवाग्राहीलाई ठग्ने कार्यलाई पनि पूर्ण रुपले खत्ताम पार्ने बताए । उनले नेतृत्वमा पुगेपछि यसअघि भएका सम्पूर्ण गलत कामको फाइल खोलेर हरेक दोषीलाई कारवाही गर्न विभिन्न निकायमा सिफारिस समेत गर्ने बताए । कार्यक्रममा उपस्थित स्थानीयहरुले यसअघिको महानगरको नेतृत्वले पाँच वर्षसम्म जनतालाई ठगेको र मुर्ख बनाएको बताउँदै आसन्न निर्वाचनमा छाता छापमा मात्रै मतदान गर्ने बताएका थिए । स्थानीयहरुले “छाता छाप जिन्दावाद”, “जसपा जिन्दवादी”, “छाता छापमा मतदान गरौँ” जस्ता नारा पनि लगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑