• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वर्षाले ३५ प्रतिशत धान नष्ट

  • वीरगंज संजाल
  • Oct 20, 2021, 12:50 pm
  • ३३३७

    वीरगन्ज | उदयपुर- बेमौसमी रूपमा दुई दिनयताको वर्षाका कारण किसानले भित्र्याउन लागेको धानबाली खेतमै नष्ट भएको छ । धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेको धान भिजेर नष्ट भएको हो । वर्षाले धान बालीमा बढी क्षति गरेपछि किसानलाई अहिले भोकमरी हुने चिन्ताले सताएको छ । अविरल रूपमा आएको वर्षाले उदयपुरमा भर्खरै काटेको र काट्ने तयार भएको धान बालीमा बढी क्षति पुर्‍याएको छ । खेतमा काटेर सुकाउन राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान समस्यामा परेका छन् । जिल्लाको बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका क्षेत्रमा लगाएका ३५ प्रतिशत खेतका धान नष्ट भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पानीमा भिजेको धान कुट्दा धुलोपिठो पर्ने र खान नमिल्ने हुन्छ । पानीले भिजेको धान खान अयोग्य हुने र गुणस्तर पनि खस्किन सक्ने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख महेशकुमार चौधरी बताउँछन् । प्रायः किसानहरु मौसमी सूचनालाई विश्वास गर्दैनन् । जसले गर्दा प्रतिकूल मौसमका कारण पटक–पटक किसानले क्षति बेहोरिसकेका छन् । ‘किसानहरू सबै मौसमी सूचनाको पहुँचमा छैनन्, किसानको ध्यान जति खेती बालीमै हुन्छ,’ उनले भने । मौसम पूर्वानुमान महाशाखाको सूचनालाई चासो दिएको भए यसपटक धानबालीमा क्षति कम हुने उनी बताउँछन् । अधिकांशलाई मौसमी सूचनाबारे थाहा छैन, किसानले यसको मतलब नै गर्दैनन् । वर्षातले डुबान भएपछि उदयपुरको बेलका नगरपालिकाको भागलपुर क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकाको १०, ९, ५ र ४ नम्बर वडामा समेत क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । त्यस्तै त्रियुगा नगरपालिकाको बिभिन्न वडामा पनि वर्षातले बाढी खेतमा पस्दा क्षति भएको छ ।

    दसैँलगतै किसानले धान काटेर पाँजा बनाई घर भित्र्याउन खेतमै तयारी अवस्थामा राखिएको धान बारी नै डुब्ने गरी बाढी छिरेर जलमग्न भएको बेलका नगरपालिकास्थित भागलपुरका स्थानीय सन्तु थापाले जानकारी दिए । राती सुत्दा ठिकै थियो अचानक पानी परेछ । झन् बिहान भरी परेको वर्षातले थपिदा बारीमा काटेर राखेको धान कामै नलाग्ने अवस्थामा पुगेको उनले सुनाए । जारी वर्षाका कारण ठुलो संख्यामा उदयपुरका किसान प्रभावित भएका छन् । ’वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा किसान परिवार समस्या परेको छ । किसानलाई कात्तिक महिनामा पानी पर्ला भन्ने विश्वास नै लागेन, धेरै मान्छे लगाएर धमाधम धान काटियो, अहिले पुरै धान खेतमा डुबेको छ । खेतमा पानीको कतै निकास नभएको हुँदा धान पुरै डुबेको छ । भर्खरै दसैँ मानेर खेतमा व्यस्त हुँदै गर्दा वर्षाले खत्तम बनाइ दियो ।’ उनले भने । धान बालीमा कति क्षति भयो भन्ने पूर्ण विवरण नआइसकेको तर करिब ३५ प्रतिशत धान किसानले काटेको र नकाटेको केही धानलाई पनि हावाले ढालेर क्षति गरेको कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख चौधरीले बताए । उनका अनुसार बेलका नगरपालिका वडा नं। १, २ र ३ का क्षेत्रमा करिब एक सय बिगाहा जग्गाको खेतमा काटेर सुकाएको धानबाली नष्ट भएको छ । करिब ५० प्रतिशत हरियो धान पानीसँगै परेको हावाहुरीले धान जमिनमा लडेको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिका क्षेत्रमा करिब २० प्रतिशत काटेको धान नष्ट भएको छ भने २५ प्रतिशत बढी हरियो धान नष्ट भएको कृषि केन्द्रले जनाएको छ । चौदण्डीगढी नगरपालिका-१० हडियाका नन्दीलाल चौधरीको खेतमै काटेको एक बिगाहा धान जमिनमा भिजेर नष्ट भएको छ ।

    कटारी नगरपालिकामा २० प्रतिशत काटेर सुकाएको धान पानीले खेतमै भिज्यो भने १५ प्रतिशत बढी हरियो धानलाई पानीसँगैको हावाहुरीले लडाई दिएको छ । त्रियुगा नगरपालिकामा काटेर सुकाएको धानसहित अनुमानित ३५ प्रतिशत बढी धानबाली नष्ट भएको नगरपालिका कृषि शाखा प्रमुख माधव राउतले जानकारी दिए । उनकाअनुसार त्रियुगा नगरपालिकाको सबैभन्दा बढी वडा नं. २ मा ४५ प्रतिशत धान क्षति भएको छ भने ६ वटा वडामा अनुमानित ४० प्रतिशत धानमा क्षति पुगेको छ । त्रियुगा नगरपालिका १४, १५, १६ नं. वडामा २५र२५ प्रतिशतले धानमा क्षति पुगेको छ भने अन्य वडामा ३० देखि ३५ प्रतिशतले क्षति पुगेको शाखा प्रमुख राउतले बताए । धान भित्र्याउने बेला वर्षा भएपछि धानखेतीमै जीवन निर्वाह गर्दै आएका किसानलाई बढी मार परेको छ भने अन्य किसानसमेत मर्कामा परेका छन् । जिल्लाका सयौँ किसानको हजार बिगाहा जमिनको धानखेती भिजेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑