वीरगञ्ज । विश्वभर पछिल्लो २४ घण्टामा साढे ५ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।
ओल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार यो अवधिमा ५ लाख ५४ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजार ३१६ जना संक्रमितको पहिचान भएको छ । यसैगरी भारतमा ३५ हजार ३६७, ब्राजिलमा ३३ हजार ५१९, र बेलायतमा ३२ हजार ६५१ जना संक्रमित फेला परेका छन् ।
यही अवधिमा मृत्यु हुनेको संख्या पनि अमेरिकामा धेरै छ । जहाँ एक हजार ९२० जना रहेका छन् । त्यसैगरी, ब्राजिलमा ४६७, भारतमा २८५, बेलायतमा १७८ जना छन् ।
यससँगै विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४६ लाख ९२ हजार नाघेको छ। हालसम्म संक्रमित हुनेको संख्या २२ करोड ८३ लाख ६७ हजार पुगेको छ । यीमध्ये २० करोड ४९ लाख ३० हजार निको भइसकेका छन् ।