• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयरद्वारा सवारीसाधनको व्यापक दुरुपयोग

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार २३:५२
  • ७७२१

    वीरगंज | बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रसाह तेलीले नगरपालिकाको सवारी साधनको व्यापक दुरुपयोग गरेको पाइएको छ ।
    मेयर तेलीले वीरगंज–११ तेजारत टोलस्थित छाला उद्योग भाडामा लिई पार्टी प्यालेस निर्माण गरिरहेका र सो काममा विगत एक महीनादेखि नगरपालिकाको लोडर प्रयोग गरेको नगरवासीले गुनासो गरेका छन् ।
    त्यसैगरी उपमेयर गायत्री यादवसमेतले नगरपालिकाको स्वामित्वमा रहेको सवारी साधन बिदाको दिन पनि निजी काममा प्रयोग गर्ने गरेको गाउँलेको आरोप छ ।
    मेयर नितेन्द्रले नगरपालिकाको स्कार्पियो गाडी र उपमेयर यादवले पिकअप भ्यान सार्वजनिक बिदाको दिन पनि दुरुपयोग गरेको गाउँलेहरूको आरोप लगाएका छन् । नगरपालिकाका मेयर जनमुखी कम र जग्गाको कारोबारी बढी भएकाले उनको ध्यान वीरगंजको पार्टी प्यालेसमा केन्द्रित रहेको गाउँले बताउँछन् ।
    नगरपालिकाका बोर्ड बैठकपनि मेयर तेलीको अगुवाईमा बहुदरमाई नगरपालिकाको कार्यालयमा नबसी वीरगंजकै छाला फैक्ट्रीको एउटा कोठामा बस्न थालेको र नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम पनि वीरगंजबाटै सञ्चालन हुने गरेको गाउँका अगुवाहरूको भनाइ छ ।
    नगरपालिकाले गत आर्थिक वर्षमा मात्र ३५ लाखभन्दा बढी इन्धनको बिलको भुक्तानी दिएको गाउँलेको भनाइ छ । यसरी जनताको करबाट सरकारले पठाएको बजेट हिनामिना गर्न जनप्रतिनिधिलाई अख्तियारसहित अन्य सम्बन्धित निकायले कारबाई गर्नुपर्ने गाउँलेहरूको माग छ ।
    यस विषयमा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईंले हाल पर्सागढी नगरपालिका मात्र हेर्ने गरेकोले बहुदरमाई नगरपालिकाबारे बोल्न नमिल्ने बताए । तपाईंले गत आवमा बहुदरमाई र पर्सागढी हेर्नुभएको थियो, तर गाडी भाडा र लाखौ इन्धन रकम दुवै ठाउँबाट असुल गर्नु भएको छ भन्ने प्रश्नमा बहुदरमाई नगरपालिकाबाट मात्र गाडी भाडा र इन्धन लिएको पर्सागढीबाट सुविधा नलिएको बताए ।
    यसैबीच बहुदरमाई नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत प्रकाश महर्जनसँग बुझ्दा–“दशै मनाउन काठमाडौं आएकोले लोडर–एक्साभेटर कुन प्रक्रियाले मेयर साहेबले वीरगंज लगी काममा खटाउनुभएको छ जानकारी छैन”–भनी बताए । उनले फर्केर आएपछि बुझेर बताउने भने ।
    मेयर उपमेयरद्वारा बिदाको दिन सरकारी गाडी दुरुपयोग भयो भन्ने सवालमा उनले मेयर–उपमेयरलाई आपूmले रोक्न नमिल्ने बताए । यस विषयमा मेयर नितेन्द्र साह तेलीसँग सोध्दा उनले कार्यपालिका बैठकबाट घण्टाको २२ सयका दरले एक्साभेटर वीरगंज आएर काममा लगाएको बताए । बिदाको दिन गाउँमा पञ्चायतीमा जाँदा कहिलेकFहीं मात्र अफिसको गाडी लिएर जाने गरेको दाबी गरे । उनले ३ नं पुलमा अफिसको गाडी लिएर नगएको, जनताको काममा गएको जवाफ दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑