• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    वीरगंज महानगरमा फोहरको शुल्क लिन शुरू

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार ००:३१
  • ७२०९

    वीरगंज | वीरगंद महानगरपालिकाले निजी–सार्वजनिक साझेदार कार्यक्रम अन्तर्गत सरसफाइको जिम्मा लगाएको पृथ्वीतारा एनके इन्टरनेशनल जेभीले फोहर सङ्कलनबापत शुल्क लिन शुरू गरेको छ ।
    गत साउनदेखि फोहर सङ्कलन कार्य शुरू गरेको महानगरको निजी साझेदारले साउन महीनादेखिको शुल्क एकैसाथ सङ्कलन शुरू गरेको एनके इन्टरनेशनलका केशव नेपालले बताए । अहिले १५ जना कर्मचारी खटाएर फोहर सङ्कलन शुल्क असुली भइरहेको उनले बताए ।

    फोहर सङ्कलन गरेबापत वडा नं. १ देखि ३ र १४ देखि १६ सम्मका वडामा मासिक रु ११० प्रतिघर फोहर सङ्कलन शुल्क उठाउने कार्य भइरहेको छ ।    यसैगरी, वडा नं. ४ देखि १३ सम्म प्रतिघर रु १६० र वडा नं. १७ देखि ३२ सम्म प्रतिघर रु ५५ फोहर सङ्कलन शुल्क लिने गरिएको छ ।

    शुल्क अनुसार निजी साझेदार कम्पनीले वडाहरूमा फोहर सङ्कलन गर्दै आएको छ । वडा नं. १ देखि ३ र १४ देखि १६ सम्म साप्ताहिक फोहर सङ्कलन हुने गरेकाले मासिक रु ११० शुल्क राखिएको, वडा नं. ४ देखि १३ सम्म प्रत्येक दिन फोहर सङ्कलन कार्य हुने भएकोले रु १६० कायम गरिएको नेपालले बताए ।

    यसैगरी, वडा नं. १७ देखि ३२ सम्म १५ दिनमा फोहर सङ्कलन हुने हुनाले रु ५५ शुल्क राखिएको छ । निजी साझेदार कम्पनीले तरकारी तथा फलपूmल, किराना, वित्तीय संस्था, उद्योग, कलेज, विद्यालय, अस्पताल, पार्टी प्यालेस, होटल, धर्मशाला, वर्कशप, सैलुन, ब्युटिपार्लर, सिनेमा हल सबैको वर्गीकरण गरेर मासिक फोहर सङ्कलन शुल्क कायम गरेको छ ।
    सबैभन्दा कम सहकारीलाई मासिक रु २ सय छ भने सबैभन्दा बढी अस्पताललाई रु १० हजारसम्म शुल्क कायम गरिएको छ ।

    वित्तीय संस्थाहरूको विरोध
    वीरगंजस्थित वित्तीय संस्थाहरूले फोहर सङ्कलनबापत महानगरपालिकाले चर्को शुल्क लिएको भन्दै विरोध जनाएका छन् । उनीहरूले व्यवसाय कर वार्षिक रु ३६ हजार तिर्दै आएकोमा सोहीअनुरूप फोहर सङ्कलन कर कायम गरेकोमा आपत्ति जनाएका हुन् । बैंकर्सहरूको समूहले मेयर, उपमेयर र प्रशासकीय अधिकृतलाई भेटेर फोहर सङ्कलन शुल्क कम गर्न आग्रह गरेको छ । होटल, अस्पतालसरह बैंकहरूसँग फोहर कर लिनु उपयुक्त नहुने उनीहरूको भनाइ छ ।

    अन्य महानगरको तुलनामा दररेट कम

    महानगरको फोहर सङ्कलनमा निजी साझेदार कम्पनी एनके इन्टरनेशनलका महानिर्देशक केशव नेपालले अन्य महानगरको तुलना वीरगंज महानगरमा फोहर सङ्कलन शुल्क कम रहेको दाबी गरेका छन् । उनले प्रतिपरिवार र सेवा व्यवसायलगायतका संस्थाहरूसँग सङ्कलन गरिने शुल्क चितवन, काठमाडौंको तुलनामा वीरगंजमा कम रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑