वीरगन्ज ।अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानी छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ । त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच बानीहरु तपाईंकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् ।
१ बिहानको खाजा नखानु
बिहान सहि समयमा खाजा नखाने र लामो समयसम्म भोकको रहँदा मोटोपन बढ्छ । यसले छिटो शरीरको धड्कन बढ्न सुरु हुन्छ र मुटुमा नराम्रो असर पर्छ । बिहानको खाजा नखानेहरुमा हृदयघातको खतरा २७ प्रतिशत धेरै हुन्छ ।
२ खाना खानुपछि गुलियो खानु
खाना खाए लगतै गुलियो चिज खाँदा चिनीको मात्रा छिटो बढ्छ । यसले मोटोपन बढ्छ र हृदयघात हुने डर बढ्छ ।
३ धेरै मसला भएको खाना
धेरै पिरो र मसालेदार खाना खाँदा शरीरमा रगत सञ्चालनको प्रक्रिया बढ्छ । यसले हृदयघातको खतरालाई बढाउँछ ।
४ धेरै चिल्लो खाना खानु
धेरै चिल्लो खाना खानाले शरीरमा धेरै बोसो जम्मा हुन्छ । यसले कोलेस्ट्रोल बढाउँछ । जसले गर्दा हृदयघातको खतरा बढ्छ ।
५ धेरै मोटो मासु खानाले
सधै मोटो मासु जस्तै मटन र बीफ खानाले शरीरमा बोसोको मात्रा बढ्न जान्छ । यसले शरीरमा कोलस्ट्रोलको मात्रा बढाउँछ र हृदयघात हुने सम्भावना बढ्छ ।