• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोभिड–१९ को उपचारमा अब हुनेछैन यी औषधीको प्रयोग, केही परीक्षण पनि बन्द गर्न निर्देशन

  • वीरगंज संजाल
  • Jun 8, 2021, 12:56 pm
  • २२८९

    वीरगन्ज । कोरोनाभाइरस बिरामीको स्वास्थ्योपचारका लागि भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले सबै प्रकारको औषधी प्रयोग गर्न मनाही गरेको छ । अब लक्षण नदेखिएका र कोभिडका हल्का बिरामीका लागि ज्वरो र रुघा–खोकीका मात्रै औषधी दिन पाइनेछ ।
    स्वास्थ्य मन्त्रालय अन्तर्गत पर्ने स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जारी गरेको दिशा निर्देशमा कोभिड–१९ सँग जोडिएका बाँकी नियमको पालना यथावत राख्नका लागि भनिएको छ । अर्थात्, मास्क लगाउने, सामाजिक दुरी स्थापित गर्ने, हात धुने र जथाभावी हाच्छिउँ नगर्ने र नथुक्ने जस्ता व्यवहारको पालना लक्षण बिनाका, हल्का, तीब्र र गम्भीर सबै बिरामीले पालना गर्नुपर्नेछ ।
    कस्ता औषधी प्रयोग हुने छैनन् ?जीएचएसले २७ मेमा जारी आफ्नो नयाँ दिशानिर्देशमा हल्का लक्षण भएका र लक्षण नदेखिएका बिरामी दुबैलाई दिइने केही औषधी प्रदान गर्न मनाही गरेको छ । यी औषधीमा हाइड्रोक्सिक्लोरोक्विन, आइवरमेक्टिन, डक्सिसाइक्लिन, जिंक, मल्टीभिटामिन आदि समावेश छ । डाक्टरलाई सिटी स्क्यानजस्ता अनावश्यक परीक्षण पनि नगराउन भनिएको छ । हल्का लक्षण देखिएका बिरामीलाई आफ्नो ज्वरो, सास फेर्ने समस्या, अक्सिजन सेचुरेशन (एसपीओटु) वा कुनै थप समस्यामाथि निगरानी राख्न पनि भनिएको छ ।

    यसमा बताइए अनुसार मानिसहरुले आफूमा देखिएको लक्षणबाट राहत पाउनका लागि एन्टी पायरेटिक (ज्वरोका लागि) र एन्टीटसिव (रुघा खोकीका लागि) खान सक्नेछन् साथै खोकीबाट राहत पाउनका लागि ब्यूडेसोनाइडको ८००एमसीजीको डोजलाई दिनमा दुईपटक इन्हेलरमार्फत् लिन सक्नेछन् । यीबाहेक अन्य कुनै पनि औषधीको आवश्यकता पर्दैन । बिरामीको लक्षण बढिरहेको छ कि घटिरहेको छ भनेर पछि परीक्षण गर्न सकिन्छ । लक्षण नदेखिएका कोरोना संक्रमितलाई कुनै पनि औषधीको आवश्यकता पर्दैन । यस्तै जसलाई पहिला देखि नै कुनै रोग छ वा औषधी सेवन गरिरहेका छन् भने ती औषधीलाई निरन्तरा दिन सक्छन् । डीजीएचएसले दिएको सल्लाह अनुसार जसमा कोरोनाको लक्षण देखिन्छ उनीहरुले स्वस्थ र सन्तुलित आहारको सेवन गर्नुपर्छ साथै पर्याप्त मात्रामा पानी पिइरहनुपर्छ ।
    रेमडेसिविर प्रयोगका लागि दिशानिर्देशः१. रेमडेसिविरको प्रयोग कोभिड–१९ का तीब्र र गम्भीर बिरामी जो अस्पतालमा भर्ना छन्, उनीहरुका लागि मात्रै प्रयोग गर्न पाइने छ । साथै बिरामी भएको १० दिनसम्म अक्सिजनमा राख्न सकिन्छ ।
    २. यो ती बिरामीका लागि प्रयोग गरिने छैन जसमा हल्का लक्षण छन् र जो घरमा वा कोभिड केयरमा उपचार गराइरहेका छन् ।
    ३. यो औषधी वरिष्ठ डाक्टर वा विशेषज्ञ जो बिरामीको प्रत्यक्ष रेखदेखमा संलग्न छन्, उनीहरुले मात्रै तोकिदिन सक्छन् ।
    ४. यदि वरिष्ठ डाक्टर वा विशेषज्ञको अनुपस्थितिमा बिरामीलाई यो औषधीमा दिनुपरेको खण्डमा यसका लागि ड्युटी डाक्टरले टेलिफोनमा वरिष्ठ डाक्टर वा विशेषज्ञको सल्लाह लिनुपर्नेछ ।
    अत्यधिक गम्भीर बिरामीका लागि टोसिलिजुमेब प्रयोगको दिशानिर्देश१. यदि कुनै बिरामीमा अक्सिजनको आवश्यकता पूरा गरेपछि पनि २४–४८ घण्टामा कुनै सुधार देखिएको छैन भने यस्तो स्टेरोइड टोसिलिजुमेब लगाउनका लागि सल्लाह दिन सकिन्छ ।
    २. यदि कुनै बिरामीमा इन्फ्लामेट्री मार्कर्स (C-Reactive Protein≥75 mg/L) मा अत्यधिक वृद्धि देखिएको छ भने पनि उनीहरुलाई यो औषधी दिन सकिन्छ ।
    ३. तर जब बिरामीलाई टोसिलिजुमेब दिइएको छ भने उनलाई कुनै प्रकारको ब्याक्टेरियल, फंगल वा क्षयरोगसँग जोडिएको संक्रमण त भएको छैन भनेर राम्रोसँग पुष्टि गर्नुपर्छ ।
    स्टेरोयडका लागि दिशानिर्देशः
    १. बिना लक्षण र हल्का लक्षण देखिएका कोरोना संक्रमितलाई स्टेरोयडको प्रयोग हानिकारक छ ।
    २. स्टेरोयड अस्पतालमा भर्ना भएका, तीब्र, गम्भीर र अतिगम्भीर कोभिड संक्रमितका लागि मात्रै प्रयोग गर्न दिइनेछ ।
    ३.स्टेरोयड आफैंले प्रयोग गर्न पूर्ण रुपमा प्रतिबन्ध छ ।
    ४. जसलाई स्टोरोड दिइँदैछ उनीहरुको ब्लड सुगरको मात्रा लगातार परीक्षण गरिनुपर्छ किनभने हाइपरग्लाइसिमिया समस्या देखिन सक्छ ।
    रगत पातलो बनाउने औषधीको दिशानिर्देशः
    १. कोभिड–१९ का मध्यम तीब्र मामिलामा लो मोलिक्यूलर वेट हिपेरिनको डोज प्रयोग गर्न सकिन्छ ।
    २. रगत बग्ने खतरा हुँदा यसलाई दिनु हुँदैन ।
    ३. गम्भीर मामिलामा लो मोलेक्यूलर वेट हिपोरिनको प्रयोग गर्न सकिन्छ ।
    ४. थेरेपेटिक डोज अर्थात् उपचारको रुपमा त्यतिबेला मात्रै दिन सकिन्छ जब बिरामीमा थ्रम्बोएम्बोलिजम वा नसामा रगतको ढिक्का जम्ने संकेत देखिएको छ ।
    हाइ रेजोल्यूशन (एचआरसीटी) स्क्यानको दिशानिर्देशः
    १. करिब दुई तिहाई कोभिड–१९ का बिना लक्षणका संक्रमितमा एचआरसीटीको रिपोर्ट असामान्य देखिन्छ तर यी लक्षण बढ्दैनन् ।
    २. कोभिड–१९ द्वारा संक्रमित भएको पहिलो हप्तामा छातीको एचआरसीटी गराउँदा यो फोक्सोमा फैलिएको देखिन सक्छ त्यसैले यसले गलत अन्दाज पनि लगाउन सकिन्छ ।
    ३. दिशानिर्देशमा बताइए अनुसार युवामा फोक्साको निकै ठूलो हिस्सा हुँदा पनि हाइपोक्सिया विकसित हुने छैन जबकी वृद्ध–वृद्धामा फोक्सोको कमै हिस्सा हुँदा पनि हाइपोक्सिया हुनसक्छ ।
    ४. बारम्बार एचआरसीटी गराउँदा रेडिएशनका कारण पछि क्यान्सरको खतरा हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑