वीरगंज । नेपालमा फेरि केही दिन यता कोरोनाभाइरस संक्रमित थपिने क्रम बढ्न थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा पछिल्लो २४ घन्टामा १ सय ७९ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
यस अवधिमा ३ हजार ५ सय ६५ जनाको कोरोनाभाइरस परीक्षण अर्थात् पिसिआर परीक्षण गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।