• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बानेश्वर र अनामनगरमै हडपियो २३ रोपनी सरकारी जग्गा

  • वीरगंज संजाल
  • १९ चैत्र २०७७, बिहीबार ०६:३५
  • ३५४९

    काठमाडौं । काठमाडौंको मुटु मानिने बानेश्वर तथा अनामनगर क्षेत्रमा रहेको धोवीखोलामा पर्ने झन्डै २३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिले हडपेको भए पनि १२ वर्षसम्म फिर्ता हुन सकेको छैन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २०६५ साल ९ मंसिरमा ती जग्गा सरकारी रहेको र विभिन्न व्यक्तिले गैरकानुनी रूपमा हडपेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो । तर, अख्तियारको सो निर्णय मालपोत कार्यालय डिल्लीबजारले कार्यान्वयन गर्न नसक्दा विभिन्न व्यक्तिले हडपेको सरकारी जग्गा फिर्ता हुन नसकेको हो ।

    साबिक काठमाडौं बानेश्वर महादेवस्थान–५ को कि. नं १४३ र क्षेत्रफल २३ रोपनी जग्गा धनी नेपाल सरकार मोही धोवीखोला जनिएकोमा तत्कालीन कामनपा–३२ अनामनगरस्थित सार्वजनिक सरकारी जग्गा कानुन प्रतिकूल दर्ता गराई व्यक्तिको हक भोगमा परिवर्तन गरेकाले सो सम्बन्धमा छानबिन गर्न माग गर्दै २०६३ सालमा अख्तियारमा उजुरी परेको थियो । सो उजुरी माथि छानबिन गर्दै अख्तियारले ती जग्गाहरू सरकारी भएको र व्यक्तिहरूले गैरकानुनी रूपमा हडपेको ठहर गरेको थियो ।

    अख्तियारका अनुसार तत्कालीन कामनपा–१० सिट नं १०२–११०६ २२ कि. नं ६६ क्षेत्रफल ०–२–३–२ पर्तीमध्ये तथा कि. नं १०७, कि. नं १५६, ५४९, ४३१, ४३३, ४४७ मा विभिन्न क्षेत्रफलमा सरकारी जग्गा व्यक्तिको नाममा घुसाइएको पाइएको छ । यसैगरी त्यस क्षेत्रमा रहेको कि. नं ४४९, २६२, २६३, २६४, लगायत दर्जनांै कित्तामा सरकारी जग्गा घुसाएर हडपेको पाइएको अख्तियारले जनाएको छ । त्यसरी जग्गा हडप्नेमा त्यस क्षेत्रका दर्जनौं व्यक्ति रहेका छन् ।

    अख्तियारले त्यस क्षेत्रमा बसोबास गर्ने दर्जनौं व्यक्तिले मालपोत कार्यालयका कर्मचारी र भूमाफियासँगको मिलेमतोमा २३ रोपनी सरकारी जग्गा आआफ्नो जग्गामा भागबन्डामा घुसाएका थिए ।

    सार्वजनिक सरकारी जग्गा जो जसको नाममा जुनसुकै तरिकाबाट दर्ता वा भोगकायम भएको भए पनि त्यस्तो जग्गा जहिले पनि नेपाल सरकारको नाममा कायम हुन सक्ने व्यवस्था मालपोत ऐन २०३४ को दफा २४(२)ले व्यवस्था गरेको छ ।

    अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गत २०६५ सालमा नै मालपोत कार्यालय डिल्लीबजारलाई पत्र लेख्दै सो जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याइ एक महिनाभित्र अख्तियारलाई जानकारी दिन निर्देशन दिएको थियो । तर, मालपोत कार्यालय डिल्लीबजारले अख्तियारको सो निर्देशनलाई हालसम्म कार्यान्वयन गर्न सकेको छैन ।

    मालपोत कार्यालय स्रोतका अनुसार केही भूमाफियाको मिलेमतोमा सो जग्गाका धनीले सर्वोच्च अदालतबाट अख्तियारको निर्णय कार्यान्वयन नगर्नू भन्ने बेहोरोका अन्तरिम आदेश ल्याएकाले मालपोतले कार्यान्वयन गरको थिएन । तर, सर्वोच्च अदालतले केही महिनाअघि मात्रै सो अन्तरिम आदेश खारेज गरिदिएकाले अब डिल्लीबजार मालपोतलाई ती जग्गा सरकारको नाममा ल्याउन बाटो खुला भएको बताइएको छ ।

    अख्तियारद्वारा कारबाहीको तयारी
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो १२ वर्षअघिको निर्णय कार्यान्वयन नगरेको भन्दै मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीमाथि कारबाहीको तयारी गरेको छ । अख्तियारले २०६५ सालमा ती जग्गा सरकारको नाममा फिर्ता गर्न डिल्लीबजार मालपोतलाई निर्देशन दिएको थियो ।

    तर, त्यतिखेर मालपोत कार्यालयकै कर्मचारी र भूमाफियाको सेटिङमा सरकारी जग्गा व्यक्तिको नाममा गएकाले मालपोतका कर्मचारीले अख्तियारको निर्देशनलाई बेवास्ता गरेका थिए । हाल अख्तियारले सो पुरानो फाइल पल्टाउँदै अख्तियारको निर्देशन अवज्ञा गर्ने तत्कालीन कर्मचारीबारे खोजीनीति थालेको हो ।

    अख्तियारले अब तत्काल डिल्लीबजार मालपोतले ती जग्गा सरकारको नाममा फिर्ता गर्ने प्रक्रिया नथालेमा हालको कर्मचारी नेतृत्वलाई समेत कारबाही गर्ने गृहकार्य अघि बढाएको छ । यस सम्बन्धमा अख्तियारले भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, तथा भूमि व्यवस्था विभागका महानिर्देशकलाई समेत अख्तियारमा नै बोलाएर निर्णय कार्यान्वयन गराउन आवश्यक निर्देशन दिने तयारी गरेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑