ढल्केबर । हात्तीको आक्रमणमा परि ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको छ । गएराती घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गरेको थियो।
एनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणाबीच भागदौड मच्चिएको थियो। हात्तिले दस वटा घरमा भत्काएको स्थानीय मेघ बहादुर विकले बताए ।
हात्तीले घरमा भएका चामललगायत अन्न खाइदिएको छ। गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती पुनः जङ्गल प्रवेश गरेको थियो।
गाउँ नजिकै सामुदायिक वन र राष्ट्रिय वन रहेको छ। जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई बर्षअघि पनि हात्तीले भत्काईदिएको थियो।