काठमाडौं। बढ्दो वायु प्रदूषणका कारण घर बाहिर ननिस्किन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
वायु प्रदूषण निकै बढेको भन्दै घरबाहिर खुला स्थान नबस्न, मर्निङ वाकमा नजान आग्रह गरेको हो।
केही दिनका लागि अनावश्यक रूपमा सवारी साधन नचलाउन समेत आग्रह गरिएको छ।