बीरगन्ज । बीरगन्ज उद्योग बाणिज्य संघको साधारण सभा आगामी २८ गते हुने भएको छ । साधारण सभाले आगामी २ बर्षको लागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्याक्षहरु, महासचिब, सचिब, सहसचिबहरु केषाध्याक्ष र सहकोषाध्याक्ष लगायत ३५ सदस्यीय कार्यसमिति समेत निर्बिरोध चयन भएको छ ।
सहमति अनुसार अध्यक्षमा सुबोध गुप्ता सर्वसम्मत भएका छन भने बरिष्ठ उपाध्याक्षमा अनिल पटवारी, महासचिबमा माधब लाल राजपाल लगायत सबै पद निर्बिरोध भएका छन ।
यी सबैको घोषणा भने आगामी २८ गते हुने भएको छ । संघको यो निर्बाचनमा कुनै पनि हल्ला बिना कार्य समिती सर्वसम्मत भएकोले बर्तमान नेतृत्वलाई सकारात्मक सन्देश प्रबाह भएको छ ।