• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ६ महिना भित्र बिभिन्न कन्ट्रक्सनहरुको ७ वटाभन्दा बढी पुल भाँच्चिए अनि पप्पु कन्ट्रक्सनलाई मात्र कार्वाही ?

  • वीरगंज संजाल
  • Sep 26, 2019, 4:23 pm
  • ६९९७

    वीरगन्ज । २०७६ वैशाख १ गते गुल्मीको मुसीकोट नगरपालिकास्थित बडीगाढ खोलामा बनिरहेको पक्की पुल भाँचियो र ५ जना घाइते भए । ५ करोड १७ लाखको ठेक्कामा बनाउन सुरु गरिएको ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममै भाँचिएको थियो ।

    ठेकेदार वाइपी जनबुद्ध निर्माण सेवा, काठमाडौंले ठेक्का पाएको पुल समयमै निर्माण गर्न नसकेको अवस्थामा म्याद थपेर काम हुँदै गर्दा पुल खोलामा खसेको हो । नयाँ वर्षकै दिन यस्तो घटना भएपछि सरकारले निर्माणाधीन पुलहरुको गुणस्तरबारे विचार गर्ने अवसर र शिक्षा पाएकै थियो । तर, यो वर्ष एकपछि अर्को पुल भाँचिने क्रम जारी आजको अनलाईन खबरमा समाचार छ ।

    गत वैशाखमा नै मदन भण्डारी लोकमार्गको हेटौंडा-सिन्धुली-चतरा खण्डमा निर्माणाधीन पक्की पुलले पनि त्यस्तै नियति बेहोर्‍यो । लोकमार्गको पश्चिमखण्ड तर्फको मरिण गाउँपालिका-२ ठूलो गर्दुवा खोलामा बनिरहेको पुल बाढीमा विलिन हुन पुग्यो । अनक कन्स्ट्रक्सनले बनाइरहेको ६० मिटर लामो पुलको बीच भाग भास्सिएको थियो ।

    स्ल्याब ढलान सकेर तारको काम भइरहेका समयमा पुलमा गरिएको सरकारी लगानी र मिहिनेत स्वाहा भयो । ७० प्रतिशत काम सकिएपछि पुल भाँचिदा करिब ७ करोडको नोक्सानी भएको छ । यो पुल करिब १० करोड रुपैयाँको लागतमा बनिरहेको थियो ।

    असार पहिलो साता मनाङ जोड्ने म्यार्दी खोलाको बेलिब्रिज बाढीले बगायो । अघिल्लो वर्ष मात्र निर्माण सकिएको पुल बाढीले बगाएपछि लमजुङ र मनाङबीचको सम्पर्क असहज छ । सडक निर्माण भएको १० वर्षपछि हिमाली जिल्ला मनाङ जोड्ने गरी म्यार्दी खोलामा बेलिबि्रज बनाइएको थियो । तर, त्यसको आयू एक वर्ष पनि रहेन ।

    असारमै धनुषामा अर्को पुलले त्यही नियति खेप्यो । बटेश्वर गाउँपालिका-५ स्थित औरही नदीमा निर्माणाधीन पुल पनि बाढीले बगायो । सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औराह नदीमाथिको पानीको बहाब थेग्न नसकेर पुल भत्कियो । ६ वर्षअघिबाट निर्माण सुरु भएको पुलमा ठेकेदार रोशन कन्ट्रक्सनले गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप लागेको थियो । असारको बाढीले त्यसलाई पुष्टि गर्दै पुलको केही भाग नै बगायो ।

    असारमा फेरि सोही प्रकृतिको अर्को घटना भयो । मनाङमा मर्स्याङ्दी नदीमाथि निर्माणाधीन पुल नदीमै खस्यो । मनाङ-ङस्ियाङ गाउँपालिकाको हुम्डे र ङावल जोड्ने पुलको ढलान मात्रै बाँकी रहेको अवस्थामा खसेको थियो । गाउँपालिकाका अनुसार एक महिनाअघि नै सो पुल बांगो देखिएको थियो ।

    गाउँपालिकाले फलाम झिकेर पुनः सच्याएर निर्माण गर्न कम्पनीलाई भनेता पनि अटेरी गर्दा बन्न लागिसकेको पुल भत्कियो । ग्याल्वा-क्याराभान कन्स्ट्रक्सन जेभीले बनाइरहेको यो पुल २०७५ मंसिर १५ गतेसम्म निर्माण सक्नुपर्ने थियो । झण्डै ५ करोड लागतमा बनिरहेको यो पुल ३५ मिटर लम्बाइको थियो ।

    गत साउन अन्तिम सातामा हुलाकी राजमार्गअन्तर्गत सप्तरीको खडक पुल पनि बन्दाबन्दै भत्कियो । बोदे बरसाइन नगरपालिका-५ जाँजरस्थित खडक नदीमा बागमती निर्माण सेवाले बनाइरहेको पुल ढलानकै क्रममा बाढीले भत्काएको हो ।

    भदौमा रौतहटमा पनि निर्माणाधीन पुल भाँच्चियो । गौर नगरपालिका-४ गढवामा निर्माण सकिनै लागेको पुल बीच भागबाटै भाँचियो । कन्काई इन्टरनेसनल बिल्डर्सले झण्डै ६ करोड लागतमा बनाइरहेको यो पुल ४० मिटर लामो हो । २०७६ भदौमा सक्नुपर्ने पुलको ८० प्रतिशत काम सकिएको त थियो, तर  सवारी चलाउनै नपाई पुल खोलामा खस्यो ।

    यो पुल पि्रस्ट्रेस प्रविधिमा बन्दै थियो । तर, विज्ञ नराखी पुल हचुवाका भरमा बनाइँदै थियो । यो प्रविधिमा पुललाई अड्याउन बीचको भागलाई तन्काएर माथि उठाउनुपर्छ । तार लगाएर तन्काउने क्रममै पुल भाँचियो ।

    किन भाँचिदै छन् पुल ?

    वैशाखयताका ६ महिनाभित्र निर्माणाधीन अवस्थाका ७ वटाभन्दा बढी पुल भाँच्चिएका छन् । यस्तो घटना नेपालमा नौलो भने होइन । वर्सेनि यसरी निर्माणाधीन र भर्खरै बनेका पुलहरु भाँचिन्छन् र खोलासँगै बग्छन् ।

    पुलको निर्माण निकै संवेदनशील हुने भए पनि यसमा इन्जिनियर, ठेकेदार, आयोजना र कामदारले हेलचेक्र्याइँ गर्दा यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । निर्माण व्यवस्ाायीहरु भने गलत डिजाइन र अनावश्यक रुपमा छिटो काम सक्न दिइने दबावका कारण पुलहरु बन्दाबन्दै भाँचिने गरेको बताउँछन् ।

    ‘मुलतः डिजाइनमा हुने त्रुटीका कारण नै बन्दाबन्दै पुलहरु भाँचिन पुग्छन्,’ नेपाल निर्माण व्यवसायी महासंघका प्रवक्ता टंकप्रसाद चौलागाइँ भन्छन्, ‘वर्षाको समयमा पनि काम गर्न दबाव दिँदा पनि यस्तो दुर्घटना निम्तिन्छ ।’

    सडक विभाग भने ठेकेदारको लापरवाहपूर्ण निर्माणका कारण नै यस्तो घटाउन हुने गरेको तर्क गर्छ । सडक विभागका एक पूर्व महानिर्देशकको भनाइमा पुल निर्माण हुने स्थानको छनोटमा नै बढी त्रुटी हुने गरेको छ ।

    ‘नदीमा हुने वहावको प्रवृत्तिमाथि अध्ययन नगरी हचुवाका भरमा पुलहरु डिजाइन गर्ने गरिएको छ,’ उनले भने, ‘नदी बगेको भूबनोट र नदीमा हुनसक्ने करेन्टको सही मापन र मूल्यांकन नहुँदा पुलहरु बाढीको शिकार बन्ने गरेका छन् ।’

    पुलमा नयाँ प्रविधिको प्रयोग नगर्ने र नयाँ प्रविधिको प्रयोग गर्दा पनि विज्ञलाई संलग्न नगराउने परिपाटी छ । माटोको परीक्षण गर्दा गम्भीरतापूर्वक वैज्ञानिक तथ्यमा आधारित भएर नगरिँदा पनि पुलहरु भासिने गरेको विज्ञहरु बताउँछन् ।

    सही डिजाइन भएका पुलहरुको निर्माणमा पनि ठेकेदारको लापरवाही प्रशस्तै भेटिन्छन् । निर्माणको क्रममा हुने ढिलाइ र कमजोर गुणस्तरका सामग्रीको प्रयोगले पनि पुलहरु भत्किने क्रम बढेर गएको छ । निर्माणको समयमा सुपरीवेक्षण नगर्ने र ठेकेदारसँग कमिसन लिएर कमजोर गुणस्तरको निर्माणलाई पनि स्वीकृति दिने साइट इन्जिनियर आयोजना प्रमुख पनि यसमा दोषी छन् ।

    पुल बनिरहेका सयममा पर्याप्त अनुगमन नगर्ने र भत्किएपछि सबै दोष ठेकेदारलाई लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ

    ठेकेदारहरुले जिम्मेवारीपूर्वक दक्ष जनशक्ति लगाएर काम नगर्दा पनि यस्तो समस्या दोहोरिँदैछ । साथै सरकारी निकायले पुलका लागि पर्याप्त बजेट नदिँदा कमजोर डिजाइनमै पुल बनाउन सडक डिभिजनलगायतका सरोकारवाला निकाय तम्सिन्छन् । बजेट नै कम राखेर लागत तयार गरी टेन्डर गरिँदा ती पुल भासिने गरेको तीतो अनुभव ठेकेदारहरु सुनाउँछन् ।

    पुल बनिरहेका सयममा पर्याप्त अनुगमन नगर्ने र भत्किएपछि सबै दोष ठेकेदारलाई लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ । ठेकेदार र सरकारी अधिकारीले आफ्नो प्राविधिक तथा व्यवसायिक क्षमता बढाउन अन्तर्राष्ट्रियस्तरमै पुगेर तालिम लिनुपर्ने विज्ञको सुझाव छ ।

    सडक विभागका पुल महाशाखाका प्रमुख दीपक भट्टराई नयाँ प्रविधिमा आधारित भएर नेपालमा पुल बन्न थालेकाले आवश्यक ज्ञान र सावधानी नपुग्दा निर्माणाधीन पुल भाँचिने र भासिने गरेको बताउँछन् ।

    ‘हामी पहिले आरसीसी प्रविधिमा पुल बनाउँथ्यौं, अहिले पि्रस्ट्रेस प्रविधिका पुलहरु धेरै बन्दै छन्, यस्ता पुलमा पिल्लरहरु बीचको दूरी लामो हुन्छ । त्यसअनुसार ठेकेदारहरुले पूर्वतयारी नगरी काम गर्दा पनि पुल खस्ने गरेका हुन्,’ भट्टराईले भने, ‘यसरी पुल खस्दा विभाग यसमा जिम्मेवार हुँदैन, क्षति भएको भए ठेकेदार आफैंले बेहोर्नुपर्छ ।’

    उनका अनुसार पुरानो प्रविधिको पुलमा पिल्लरहरुबीचको दूरी २० मिटरसम्म मात्रै हुन्थ्यो । अहिले ५५ मिटरसम्मको दूरी राखेर नयाँ प्रविधिमा पुल बनाउन थालिएको  छ । तर, डिजाइन र प्रविधिअनुसार ठेकेदारले सावधानीपूर्ण र वैज्ञानिक तवरले काम नगर्दा समस्या भएको विभागको दावी छ ।

    ‘हामीले विभागकै इन्जिनियर र ठेकेदारहरुलाई तालिम दिने गरेका छौं,’ उनले भने, ‘नयाँ प्रविधिको प्रयोगका क्रममा केही घटना भएका छन् । यसले अरुलाई सचेत पनि बनाएको छ ।’yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑