• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बेंगलोरलाई हराउँदै हैदराबाद शीर्ष चारमा

  • वीरगंज संजाल
  • Nov 1, 2020, 1:07 am
  • २६७७

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

    शनिबार राती सम्पन्न खेलमा हैदराबादले बेंगलोरलाई हराउँदै प्ले अफको सम्भावना कायमै राखेको हो । जितका लागि पछ्याएको १ सय २१ रनको विजयी लक्ष्य हैदराबादले १४.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

    हैदराबादका ओपनर ऋद्धिमान शाहले ३२ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । डेभिड वार्नर ८, मनिष पान्डे २६ र केन विलियम्सन ८ रनमा आउट भए । अभिषेक शर्मा ८ रनमा आउट हुँदा जेसन होल्डर २६ रनमा अविजित रहे । बेंगलोरका युजभेन्द्र चहलले २ विकेट लिदा वासिन्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानले एक एक विकेट लिए ।

    त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । बेंंगलोरका कुनैपनि ब्याट्सम्यान हैदराबादको कसिलो बलिङ सामु खुलेर खेल्न सकेनन् ।

    बेंगलोरले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । सन्दीप शर्माले तेस्रो ओभरको पाँचौ बलमा ओपनर देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । शर्माकै पाँचौ ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई केन विलियम्सनले उत्कृष्ट क्याच लिदै ७ रनमा पेभिलिएन फर्काएका थिए ।

    शहबाज नदीमको ११ औं अन्तिम बलमा एबी डी भिलियर्स २४ रनमा अभिषेश शर्माबाट क्याच आउट हुन पुगे । डी भिलियर्सले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे । १२ औं ओभरको चौथो बलमा जोश फिलिपे ३२ रनमा क्याच आउट हुन पुगेपछि बेंगलोर समस्यामा परेको थियो । राशिद खानको बलमा मनिष पान्डेबाट क्याच आउट हुनुअघि फिलिपेले ३१ बलमा ४ चौका प्रहार गरे ।

    १८ औं ओभरको पहिलो बलमा वासिन्टन सुन्दरलाई टि नटराजनले २१ रनमा आफ्नै बलमा क्याचआउट गरेका थिए । सुन्दरले १८ बलमा २ चौका प्रहार गरे । क्रिस मोरिस ३ र इसुरु उडाना शून्यमा आउट भए । गुरक्रित मानसिंह १५ रनमा अविजित रहे ।

    सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन, राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए । हैदराबादले अन्तिम खेल अब मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा नेट रनरेटको आधारमा प्ले अफमा पुग्न सक्ने सम्भावना रहेको छ । बेंगलोरले सोमबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । प्ले अफमा पुग्न दुवैलाई जित्नै पर्ने हुन्छ ।

    आइपिएलको अंक तालिका

    मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

    किंग्स इलेभेन पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौ स्थानमा छ । राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ छैटौं स्थानमा छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ सातौं स्थानमा छ । चेन्नई १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंक जोड्दै पुछारमा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑