• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    इतिहासमा आज – मार्टिन लुथर किङ जुनियरलाई नोबेल शान्ति पुरस्कार

  • वीरगंज संजाल
  • Oct 14, 2020, 7:15 am
  • ३९६९

    आज १४ अक्टुबर । सन् १९६४ मा अमेरिकी मानवअधिकारवादी नेता डाक्टर मार्टिन लुथर किङलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । अमेरिकामा व्याप्त रंगभेद र असमानताविरुद्ध अहिंसावादी आन्दोलन गरेकाले उनलाई सम्मानित गरिएको थियो । अवार्ड जित्दा मार्टिन लुथर किङको उमेर केवल ३५ वर्ष थियो ।

    एटलान्टामा सन् १९२९ मा मार्टिन लुथर किङको जन्म भएका थियो । उनले डिसेम्बर १९५५ मा अलाबामा राज्यको मान्टगोमेरीमा समान अधिकार माग गर्दै बस बहिष्कार अभियान थाले । अलाबामालगायत दक्षिणी अमेरिकाका धेरै राज्यमा यतिबेलासम्म रंगभेद कायम थियो । धारादेखि विद्यालय स्वेत र अस्वेतका लागि अलग ठाउँ छुट्टयाइएको थियो । सार्वजनिक बसमा बेग्लाबेग्लै सिट आरक्षित हुन्थ्यो । स्वेतहरुको सिट भरिएपछि उनीहरु अस्वेतका लागि आरक्षित सिटमा गएर बस्न पाउँथे र त्यस्तो अवस्थामा अस्वेतले सिट छाडिदिनुपर्ने नियम थियो ।

    एकपटक स्वेतहरु बस्ने सिट भरिएपछि तीनजना स्वेत वर्णका व्यक्ति अस्वेतका लागि आरक्षित सिटमा बस्न आए । दुईजनाले सिट छाडिदिए । तर, रोजा पार्क नामकी महिलाले स्वेतका लागि आफु बसेको सिट छाड्न अस्विकार गरिन् । नतिजा, उनलाई पक्राउ गरियो ।

    यसको चारदिनपछि ५ डिसेम्बरमा मार्टिन लुथर किङको अगुवाइमा बस बहिष्कार आन्दोलन सुरु भयो । यसलाई अमेरिकाको रंगभेदविरोधी पहिलो ठूलो जनसहभागितामुलक आन्दोलनका रुपमा लिइन्छ ।  २१ डिसेम्बर १९५६ मा छालाको रंगका आधारमा सिट विभाजन गर्ने व्यवस्था मन्टगोमेरीका बसहरुबाट हटेपछि ३ सय ८१ दिनसम्म चलेको आन्दोलन टुंगिएको थियो ।

    भारतीय नेता महात्मा गान्धीबाट प्रभावित भएर मार्टिन लुथरले यस्तो आन्दोलन सुरु गरेका थिए । बस बहिष्कार आन्दोलनले उनको ख्यातिलाई निकै माथि पु¥याइदियो, यसपछि उनी रंगभेद गर्ने प्रयासमा थप दृढ भएर लागे ।

    भाषणकलामा माहिर मार्टिन लुथ किङ निकै लोकप्रिय थिए, उनको आन्दोलनबाट अश्वेत मात्रै नभएर श्वेत युवाहरु पनि प्रभावित भए ।

    १९६३ मा उनले वासिङटनमा मार्चपासको अगुवाइ गरे । यतिबेला उनले दिएको भाषण ‘आई ह्याभ अ ड्रिम’ विश्वमा अति प्रख्यात राजनीतिक भाषणहरुमध्ये पर्छ ।  १९६४ मा जनाधिकार आन्दोलनले दुई महत्त्वपूर्ण उपलब्धि हासिल ग¥यो – एक, अमरिकाको संविधानमा २४ औँ संशोधनमार्फत पोल ट्याक्सको व्यवस्था खारेज भयो । (त्यसअघि अमेरिकाको राष्ट्रिय चुनावमा भोट खसाल्नका लागि केही राज्यका नागरिकले कर तिनुपर्ने कानून थियो ।)

    दोस्रो, जनाधिकार ऐन १९६४ ले रोजगारी र शिक्षामा रंगभेदमाथि प्रतिबन्ध लगायो, सार्वजनिक स्थलमा रंगभेदी विभाजनलाई अवैध ठहर ग¥यो ।

    यही वर्ष अक्टुबरमा किङलाई नोबेल शान्ति पुरस्कार दिइयो । पुरस्कारबापत प्राप्त ५४ हजार ६ सय अमेरिकी डलर उनले जनाधिकार अभियानलाई दिने घोषणा गरे ।

    ६० को दशकको अन्त्यतिर किङले भियतनाममा अमेरिकी संलग्नताको खुलेयाम विरोध गरे, उनले गरिब अमेरिकीहरुलाई आर्थिक अधिकार दिलाउनका लागि संघर्ष थाले । १९६८ मा किङले वासिङटन अगाडि सबै वर्णका मानिसहरुको सहभागितामा ‘ गरिब जनताको मार्च’ आयोजना गर्ने मनसाय बनाएका थिए, तर यो प्रदर्शन सुरु हुनभन्दा केही साताअघि ४ अप्रिलमा टेनिस्सेस्थित मेम्फिसमा उनको हत्या भयो ।

    अन्य घटनाक्रम

    १९५६–  भारतीय नेता बिआर अम्बेडकर र उनका उनका ३ लाख ८५ हजार अनुयायीद्वारा बौद्ध धर्म मान्ने फैसला ।

    १९५७–  स्पेनिस शहर भ्यालेन्सियामा आएको बाढीका कारण कम्तिमा ८१ जनाको मृत्यु ।

    १९८२– अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनद्वारा ड्रग्सविरुद्ध युद्ध घोषणा ।

    १९९४– प्यालेस्टाइनी नेता यासिर अराफात, इजरायली प्रधानमन्त्री यिट्जाक रबिन र सिमोन पेरेसलाई संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार ।

    २०१५– पाकिस्तानमा आत्मघाती बम हमलाका कारण कम्तिमा ७ व्यक्तिको मृत्यु, १३ जना घाइते ।

    २०१७– सोमालियामा बम बिस्फोटका कारण ३ सय ५८ जनाको मृत्यु, ४ सयभन्दा धेरै घाइते ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
  • गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त
  • कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    News

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑