जनकपुरधाम : धनुषा र महोत्तरीमा पानीमा डुबेर एक बालिकासहित दुई जनाको ज्यान गएको छ ।जितिया पर्वको अवसरमा शनिवार धनुषाको पोर्ताहा र सिरहाको बन्दिपुर स्थित कमलानदीमा आमासंगै स्नान गर्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको हो ।
ज्यान जानेमा सिरहाको मिर्चैया नगरपालिका ६ बस्ने संजीव साहकी ९ वर्षकी छोरी प्रकृति रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पानीमा डुबेर बेहोस भएकी बालिकालाई उपचारको लागि धनुषाको गोदारस्थित समर हेल्थ केयरमा लगेको बेला मृत्यु भएको हो । बालिकाको शवलाई पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिकामा माछा पोखरीको सुरक्षार्थ खटिएकी एक महिलाको डुबेर शनिवार ज्यान गएको छ । बर्दिबास नगरपालिका १२ विजलपुरा स्थित माछा पोखरी हेरचाह गर्न बसेकी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने केदार सुवेदीकी श्रीमती ३४ वर्षय मिना सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।