

पर्सा | राजन कुमार बानिया |अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा इलाका प्रहरी कार्यालय पोखरियाले कार्यालयमा सेवा लिन आएका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले उनीहरूलाई फूलमाला लगाएर सम्मान तथा स्वागत गरिएको हो।



कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले ज्येष्ठ नागरिक समाजका महत्वपूर्ण अभिभावक रहेको बताउँदै उनीहरूको सम्मान, सुरक्षा र सहज सेवाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।
प्रहरी निरीक्षक अर्यालले ज्येष्ठ नागरिक प्रहरी सेवा लिन कार्यालयमा आउँदा सहज, सम्मानजनक र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउन प्रहरी कार्यालय सदैव प्रतिबद्ध रहेको बताए।
उनले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदान समाजका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिए।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले ज्येष्ठ नागरिकको योगदान, अधिकार र सम्मानप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्ता कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने बताइएको छ।


