बीरगन्ज | बीरगन्जस्थित प्रतिमा चौकमा भएको सवारी दुर्घटनामा परेर एक जनाको अवस्था गम्भीर भएको छ भने एक जनाको खुट्टामा चोट लागेको छ ।
मंगलबार केहीबेर अघि (करिब ९ बजे) भएको ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटना मोटरसाइकलमा सवारमा दुई जना घाइते भएका हुन् । बा ८८ प ३४४० नम्बरको मोटरसाइकलमा सवारमध्ये २२/२३ वर्षका एक जनाको अवस्था गम्भीर छ । अर्का घाइते पनि सोही उमेरका छन् ।
दुवैलाई तराई अस्पताल लगिएको छ । दुुवै जनाको ठेगाना बीरगन्जस्थित श्रीपुर रहेको खुलेको छ । यसैबीच,मोटरसाइकललाई ठक्कर दिने ट्याक्टरको नम्बर नखुलेको र ट्याक्टर ठक्कर दिएर कलैया तिर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।