वीरगंज । पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ६ श्रीसियामा बुवाकाे छुरा प्रहारले छाेराेकाे ज्यान गएकाे छ ।स्थानिय ७० बर्षिय बुवा लक्ष्मी साहकाे छुरा प्रहारले ३५ बर्षिय छाेरा माधाे साहकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
छुरा प्रहार गर्ने बुवा लक्ष्मीलाई इलाका प्रहरी कार्यालय पाेखरियाले नियन्त्रणमा लिएकाे छ ।छुरा प्रहारबाट गम्भिर घाइते माधाेलाई वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लग्ने क्रममा बाटाेमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए ।
साेमबार सांझ ७:१५ बजे लक्ष्मिले छाेरा माधाेमाथी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भि घाइते माधाेलाई सुरुमा उपचारकाे लागि पाेखरिया अस्पताल लगिएकाे थियाे ।
पाेखरिया अस्पतालले रेफर गरेपछि वीरगंज लग्ने क्रममा मृत्यु भएकाे जानकारी प्राप्त भएकाे प्रहरी निरिक्षक सिंहले वताए ।
छुरा प्रहार गर्ने लक्ष्मिलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेकाे सिंहले जानकारी गराए ।लक्ष्मीले रक्सी खाएर आएपछि छाेराे माधाेमाथी छुरा प्रहार गरेकाे बुझिएकाे छ ।कलिका टाइम्सको लगि सम्भुसुमन लेख्न भएको छ ।