बीबीसी । प्रेमको भावना हाम्रो दिमागका केही केमिकलमा निर्भर हुन्छन् । यस्तोमा धेरैले एउटा प्रश्न गर्ने गरेका छन् कि, समय अनुसार त्यो केमिकल कम हुँदै जाँदा के माया पनि हराउँछ ?
लन्डनकी जो भन्छिन् , “म केही समय अगाडि मात्र गहिरो प्रेममा परेकी हुँ । तर मेरा साथीहरु मलाई माया केबल ‘फेरोमोन्स, डोपमाइन र अक्सिटोसीन’ को मिलावट हो र केही वर्षमै त्यो भावना हराएर जान्छ भन्छन् । र यो कुरा साँचो हुन सक्ने सोचबारे मलाई धेरै डर लाग्छ किनकी यसले सबथोक अर्थहिन तुल्याइदिन्छ । के प्रेम वास्तवमै दिमागको केमेस्ट्री मात्र हो ?
यसरी मायाको साहित्यक विश्लेषणमा पनि मान्छे प्रेममा डुब्ने भनिएको हुन्छ न कि त्यसमा पौडने, प्रेममा पागल भनिएको हुन्छ र पहिलो नजरको प्रेम भनिएको हुन्छ जसको अर्थ मायाले मान्छेको सोचविचार गर्ने र सावधानी अपनाउने गुण मान्दैन । यसकारण पनि प्रेममा पर्दा हामी भावनाको नियन्त्रणमा हुन्छौँ न की भावना हाम्रो र दुनियाँमा सबैतिर परम्परागत रुपमा यो भावनालाई सुन्दर मानिन्छ । यता वैज्ञानिक हिसाबमा भने यो हाम्रो शरीर भित्र उत्पादन हुने हर्मोनहरुको जटिल मिसावट मात्र हो भनिएको छ ।
उदाहरणका लागि फेरोमोन्स हर्मोनले नै अर्को प्राणीप्रति आकर्षित हुनमा मुख्य भूमिका खेल्ने बताइन्छ । तर यो हर्मोन मान्छेमा हुन्छ भन्ने एकदम कम प्रमाण छ । त्यस्तै मेलमिलापको हर्मोन भनेर चिनिने, ‘न्युरोपेप्टाइड अक्सिनोसिन’बारे पनि धेरै अध्ययन अनुसन्धान भएको छ । यसले जीवजन्तुहरुमा अक्सिटोसिनको उत्पादन रोकिएमा मिलापको भावना पनि अवरुद्ध हुन्छ । तर मान्छे मान्छेबीचको सम्बन्धमा भने अक्सिटोसिनको धेरै महत्व नहुने बताइएको छ । यसरी विज्ञानका अनुरुप व्यक्ति व्यक्तिबीचको प्रेम र भौतिक वस्तुहरुप्रतिको मोह जस्तै मनपर्ने फुटबल टिमप्रतिको हाम्रो लगाव उस्तै हुन्छन् ।
त्यस्तै प्रेमबारे निर्णय लिनुपर्दा मान्छेले जीवनका अति महत्वपूर्ण निर्णय समान बौद्धिक रुपमा सोचेको हुँदैन हामीले त्यसमा केबल सहज व्यवहारिक ज्ञानको प्रयोग गरिरहेका हुन्छौँ । यसरी मान्छेले प्रेमको भावनालाई केबल आफ्नो हितका लागि मात्र अपनाउँछ जसमा अरुका बारेमा सोच्ने कुरा आउँदैन । विज्ञानको भाषामा, आफूलाई सबैभन्दा प्रिय कुरा प्राप्त गर्ने तरिका अरुले प्रयोग गरि आफ्नो कुरा चोर्न सक्ने डरका कारण पनि पनि मान्छेले खुलस्त रुपमा मायाको भावना अरुलाई बुझाउन चाहँदैन । जुन हाम्रो परम्परा र संस्कृतिमा समेत लागू हुन्छ ।
तापनि प्रेम विज्ञानले साचेजति सजिलो विषय भने होइन । किनकी यो भावना कुनै एउटा सुइ लगाएर उत्पन्न गराउन वा गायब पारिदिन सकिँदैन । जीवविज्ञानको तर्कले पनि यसको सही विश्लेषण असम्भव पारिदिन्छ । त्यसैले मायाप्रेम जटिल नभएको भए मान्छेले अहिलेको जति क्रान्ति नै गर्न नसक्ने विज्ञहरु बताउँछन् । यसैले पनि प्रेमलाई केबल दिमागको केमिकल प्रक्रिया भन्न सकिँदैन ।