विरगंज । पछिल्लो २४ घण्टामा १,०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभर १०३९ जना कोरोना संक्रमित देखिएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रीय संक्रमितको संख्या १५, ११७ रहेको छ । यस मध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमित ७, ७३०जना रहेका छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या ७, ३८७ छ ।
२४ घण्टामा ९,१६५ पीसीआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११७३ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ३८,६९७ छ ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर १६९ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २३ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।