वीरगंज ।पर्सामा फेरि टेस्टको दायरा घाटदै गएको छ । यो सङगै संंक्रमित को संख्या दिन प्राती दिन घाटदै गएको छ । कोरोनाको लक्ष्ण हेरिएको ब्याक्तीले समेत परिक्षण गराउन खोजदा पैसाको अभाव र सरकारको नितिनियमको प्रभाव ले घरमा नै बस्न बाध्य भनेका छ्न ।
साथै पोसेटिव भएको ब्याक्ती सङग सम्पर्कमा आएको ब्याक्तीको कन्टेक्ट ट्रेसिङ्ग गरने कर्यपनी रोकिएको छ।
यस्को फलस्वरूप पर्सामा दिन प्रती दिन संक्रमितको संंख्या घाटदै गएको देखिन्छ। आज पर्सामा कोरोना संक्रमित थपिने संख्या ह्वातै घटेको छ । साउनयता उकालो लाग्न सुरु भएको कोरोना संक्रमितको संख्या पछिल्लो समय आएर घट्न थालेको छ । विगत केहि दिनदेखि पर्सामा संक्रमित थपिने संख्या एक अंकमा झरेको तथ्यांकले देखाएको छ ।
पर्सामा विहिबार जम्मा २ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा केवल दुई जना संक्रमित थपिएका हुन् । कोरोना परिक्षणको दयारा घट्न थालेपछि संक्रमित थपिने क्रमपनि घटेको हो । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराउँदै आएको तथ्यांक अनुसार पर्सामा गरिने कोरोना परिक्षणको दायार घटेको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोशालामा विहिबार राति २ सय ९४ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा ३ महिलासहित १४ जना कोरोना पोजेटिभ भएका छन् । जसमध्ये पर्सामा दुई जना, बारामा ११ जना र रौतहटमा १ जना रहेका छन् ।अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सामा थपिएका दुवै संक्रमित वीरगञ्ज महानगरपालिकाका वासिन्दा हुन् । दुईमध्ये एक वीरगञ्ज वडा नम्बर ४ र अर्का वडा नम्बर १६ का वासिन्दा हुन् ।
यता नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं. ८ का ३ जना, वडा नं. १४ का २ जना, वडा नं. ५, ६, ७ का एक-एक जना र आदर्शकाेटवाल गाउँपालिकाकाे वडा नं. ८ का ३ जना संक्रमित भएका छन् ।संक्रमित हुनेमा राैतहटकाे कटहरिया नगरपालिका वडा नं. २ का पनि एक जना रहेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए । संक्रमितहरुकाे सिटी भ्यालु १६ देखी २९ सम्म रहेकाे उनले जनाए ।
पर्सामा संक्रमितकाे संख्यामा कमि आएकाे देखिएपछि कति स्वाब परिक्षण गरिएकाे भनेर साेध्दा सम्बन्धित निकायले जानकारी गराउन सकेकाे छैन् । यसले परिक्षणकाे दायर कम गरिएकाे कारण संख्यामा कमि आएकाे हुन सक्ने पर्सेली जनताले अनुमान गर्न थालेका छन् ।