कर्णाली प्रदेशमा २७ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसमध्ये ४ सय ४० जना महिला छन्। सबैभन्दा कम महिला संक्रमित रहेको प्रदेश कर्णाली हो।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित दैलेखमा छन्। यो जिल्लाका केही नगर हटस्पट नै बनेका थिए। रोजगारीका लागि धेरै मानिस भारत जाने र उनीहरु फर्कँदा संक्रमितको संख्या धेरै भएको थियो। दैलेखमा एक हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये अधिकांश भारतबाट रोजगारीमा गएर फर्केका व्यक्ति हुन्।
यीमध्ये १ सय३१ महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म कर्णाली प्रदेशको डोल्पामा शुन्य र हुम्लामा एक जना महिलामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।
कुन जिल्लामा कति ?
दैलेख १०८५
महिला १३१
डोल्पा ६
महिला ०
हुम्ला ५
महिला १
जाजरकोट ६६
महिला १३
जुम्ला २००
महिला ३७