• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कसरी शुरु भयो कोरोना : कस्ता हुन्छन् लक्षण ? कसरी बच्ने ?(भिडियो सहित)

  • वीरगंज संजाल
  • १९ भाद्र २०७७, शुक्रबार ०९:०३
  • ७५९३

    विरगंज । कोरोना भाइरसको संक्रमणसँगको डाक्टरहरुको लडाई यस्तो भएको छ कि मानौ अपरिचित दुश्मनसंग युद्ध लडिरहेको जस्तो छ ।

    अहिलेसम्म विश्वभर २ लाखभन्दा बढी संक्रमित र करिब ९ हजारको मृत्युले अहिले विश्व आतंकित बनेको छ । यस रिपोर्टमा विभिन्न एजेन्सीहरु र विश्व स्वास्थ्य संगठनले दिएको जानकारीमा आधारित रहेर कोरोनाको संक्रमणबाट कसरी बच्ने ? लक्षण के के हुन्छन् ? र कोरोना भाइरस के हो ? भन्ने बारे जानकारी दिन खोजिएको छ ।

    किन मानिस गम्भीर रुपले बिरामी हुने वा मृत्युको आशंका धेरै हुन्छ ? डाक्टरहरु यसलाई कसरी उपचार गर्छन् ?

    चीनको वुहान शहरको जिन्यिन्तान अस्पतालमा यस भाइरसको उपचार गरिरहेका डाक्टरहरुको समुहले अहिले यस्तो प्रश्नको उत्तर दिन शुरु गरेका छन् । कोरोना भाइरसबाट संक्रमित भएका पहिलो ९९ बिरामीको उपचारको विस्तृत विवरण लान्सेट मेडिकल जर्नलमा छापिएको छ ।

    फोक्सोमा आक्रमण 

    वुहानको जिन्यिन्तानमा उपचारको लागि लागिएको ९९ बिरामीमा निमोनियाको लक्षण देखिएको थियो । ती बिरामीको फोक्सोमा समस्या थियो र फोक्सोबाट रगतमा अक्सिजनको प्रवाह गराउने भागमा पानी भरिएको थियो ।

    ८२ जनालाई ज्वोरो आएको थियो, ८१ जनालाई खोकी लागेको थियो,  ३१ जनालाई सास फेर्न समस्या भएको थियो ११ जनालाई मांसपेशीमा दुखाइ थियो र नौ जनालाई भ्रम भएको थियो, आठ जनालाई टाउको दुखेको थियो, पाँच जना को घाँटीमा फोका आएर समस्या भएको थियो ।

    चीनमा कोरोनाको कारणले मृत्यु हुन कसरी शुरुवात भयो ?

    कोरोना भाइरसबाट संक्रमित भएका पहिलो मृत्यु भएका दुई बिरामी स्वास्थ्य देखिन्थे । उनीहरुलाई लामो समय देखि धुम्रपान गर्ने बानी थियो जसको कारण फोक्सो छिट्टै कमजोर हुन गयो । ६१ वर्षका विरामीलाई जब अस्पताल लगियो तब उनी त्यस समय गम्भीर रुपमा निमोनिया ग्रस्त थिए ।

    उनलाई सास फेर्न समस्या भईरहको थियो भने उसको शरीरलाई जीवित राख्ने फोक्सोले अक्सिजनको आपूर्ति गर्न सकेको थिएन। भेन्टिलेटरमा राख्दा पनि उक्त व्यक्तिको फोक्सोले राम्रो संग काम गर्न सकेन र मुटुको धड्कन बन्द भयो ।

    दोश्रो बिरामी ६८ वर्षको थियो, उसलाई पनि सास फेर्न समस्या थियो, त्यसैले कृत्रिम रुपमा अक्सिजन दिने प्रयास गरिएको थियो तर त्यो पनि असफल भयो । जब उसको रक्तचाप कम हुँदै गयो तब निमोनियाले उक्त  बिरामीको ज्यान लियो ।

    २५ जनवरी सम्ममा कोरोना भाइरस संक्रमणले ९९ जनाको ज्यान गएको थियो त्यस समयमा ५७ जना मानिस अस्पतालमा भर्ना गरिएका थिए भने ३१ जना अस्पतालबाट घर फर्किएका थिए । ११ जनाको थप मृत्यु भयो तर यसबाट मृत्यु हुनेको संख्या ११ प्रतिशत भने थिए ।

    अस्पतालमा भइरहेका बिरामीको मृत्यु भइरहेको थियो र सामान्य लक्षण देखिएका मानिस उपचारको लागि अस्पताल नगएको आशंका गरिएको छ । वुहानको हुआनान सीफूड मार्केटमा पाइने समुद्री जीवबाट कोरोना भाइरसको संक्रमण भएको बताईएको छ ।

    वुहानस्थित जिन्यिन्तानमा ल्याइएको ९९ जना मानिस मध्य ४९ जना समुन्द्रको खानासंग सम्बन्ध भएका थिए । ४७ जना हुआनान सीफूड मार्केटमा या त प्रवन्धकको काम गर्दथे या त्यहाँ पसल चलाइरहेका थिए । संक्रमित भएका मध्य केवल दुई जना मात्र ग्राहक थिए ।

    प्रभावित मानिसहरु प्राय आधा उमेर ढल्कीसकेका थिए र बिरामीको औसत उमेर ५६ वर्षको थियो । तर तथ्यांकको अनुसार कोरोना भाइरसबाट संक्रमण हुने मानिसमा महिला र पुरुष बीच केहि अन्तर रहेको छैन ।

    चीनको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनको अनुसार पछिल्लो छ पुरुषको तुलनामा पाँच महिलामा यसको संक्रमण देखिएको छ । सामाजिक र सांस्कृतिक कारणले यस भाइरस संक्रमण पुरुषलाई बढी हुने देखिएको छ ।

    जिन्यिन्तान अस्पतालका डाक्टर झांग भन्छन्, “कोरोना भाइरस संक्रमणको खतरा महिलामा कम देखिएको छ किनभने महिलामा एक्स क्रोमोजोम र सेक्स हर्मन भएको कारण रोग प्रतिरोधात्मक शक्ति धेरै हुन्छ ।”

    ९९ बिरामी मध्ये प्राय: पहिला देखि नै कुनै रोगबाट ग्रसित थिए त्यसैले पनि उनीहरुलाई छिट्टै संक्रमण भएको हो ।

    डाक्टरहरु यसलाई कमजोर प्रतिरोधात्मक क्षमताको नतीजा बताउछन्, ४० जना बोरामी मुटु रोगी थिए वा रक्त नालीमा समस्या भएका थिए, उनीहरुलाई मुटु सम्बन्धि रोग लागेको थियो र हृदयघात पनि भइसकेको थियो भने १२ जनामा मधुमेहको समस्या थियो ।

    के हो कोरोना भाइरस ?

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकी लाग्नुका साथै गम्भीर श्वासप्रश्वास सिन्ड्रोम जसलाई एक्युट रेस्पिरेटरी सिन्ड्रम भनिन्छ, यो रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो ।

    कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूबाट सर्ने देखिए पनि मानिसबाट सङ्क्रमित बनाएका छैनन् ।

    चीनमा सन् २००२ मा उक्त कोरोना भाइरसले आठ हजार ९८ मानिस संक्रमित भएका थिए जस मध्य सात सय ७४ को मृत्यु भएको थियो ।

    उक्त भाइरसले कतिपय बिरामीमा निमुनिया हुने गर्दछ, यो वर्ष चीनमा मृत्यु भएका मानिस निमुनियाले ग्रस्त थिए ।

    भिडियोमा :

    के भन्छन् विशषज्ञ ?

    वेलकम मेडिकल रिसर्च च्यारिटीका निर्देशक डा जेरेमी फरार भन्छन्, ‘यस संक्रमण अझै फैलिने सम्भावना छ, अहिले मानिस बाट मानिसमा संक्रमण नभएपनि पछि भने यो मानव बाट नै फैलिने छ, हामीले चीन र अरु देशमा अझ धेरै संक्रमणको केसको वारेमा सुनेका छौ, यो अझ अरु थुप्रै देशमा पनि फैलिने छ ।’

    ब्रिटेनस्थित नटिङ्गहम विश्वविद्यालयका प्राध्यापक, जोनाथन बल भन्छन्, ‘अहिले साबै भन्दा ठुलो समस्या भनेको यो भाइरस द्रुत गतिमा फैलिदै छ र ल्याबमा यसको परिक्षण पछी मात्र कति जनालाई संक्रमण भयो भन्ने तथ्यांक थाहा हुन्छ तर अहिले सम्म ४१ प्रकारका भाइरस मानिसमा सरेको भेटिए पनि अझ धेरै हुन सक्ने सम्भावना उत्तिकै छ ।’

    के के हुन्छन् लक्षण ?

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन् ।

    ज्वरो आउनु र खोकी लाग्नु
    छिटोछिटो सास फेर्नु
    श्वासप्रश्वासमा कठिनाइ हुनु
    गम्भीर भएमा निमोनिया हुनु
    सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
    मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ ।

    कसरी जोगिन सकिन्छ ?

    यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः
    नियमित रूपमा हात सफा गर्ने
    खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
    मासु र अण्डा राम्रोसँग पकाएर खाने
    कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।

    भिडियो :

    दिनमा पाँचपटक हात धुनुपर्छ 

    विश्व स्वास्थ्य संगठनको अनुसार संक्रमणबाट बच्नको लागि  दिनभरीमा पाँच पटकसम्म हात धुनुपर्छ ।  यदि कुनै रोगीको हेरचाह गरिरहेको भए नक्कली नङ पाल्नु पर्दैन । नङ छोटो बनाउनु पर्छ र सफा राख्नुपर्छ । आफै निर्णय गर्नुपर्छ कि कुन काम गरेपछि हात धुनु पर्छ किनभने हातबाट नै संक्रमण फैलिने गर्दछ ।

    कसरी धुने हात 

    हात सफा बगिरहेको चिसो वा तातोपनिले धुनुपर्छ, पानिको धारा बन्द गरेर हातमा साबुन लगाउनुपर्छ,

    साबुन लगाईसकेपछि हातलाई मज्जाले मिचेर नङको बीचमा रगडेर धुनुपर्छ, हातलाई २० सेकेन्ड सम्म राम्रो संग माडेर धुनुपर्छ, बगिरहेको पानिमा हात धुनुपर्छ र त्यसपछि सफा रुमालले हात पुछ्नुपर्छ वा एयर ड्रायरले हात सुकाउनु पर्छ ।

    ध्यान दिनुपर्ने कुराहरु:

    हात धोईसकेपछी रुमालको सहायताले धारा बन्द गर्नुपर्छ, साथै हरेक व्यक्तिको लागि अलग साबुन हुनुपर्छ ।

    हातसंगै धुने ठाउँ पनि सफा राख्नुपर्छ, बेसिनमा फोहोर राख्नु हुँदैन ।

    भिडियोमा :

    अनुहार नछुने : एक घण्टामा २३ पटक अनुहार छोइन्छ :

    चिकित्सकहरुले आँखा, नाक र अनुहार नछुन आग्रह गरेका छन् । न्यू साउथ वेल्स विश्वविद्यालयको एक अध्ययनमा मानिसले एक घण्टामा २३ पटक अनुहार छुने गर्दछन् ।

    क्वीन्सल्याण्डस्थित मेनजिस हेल्थ इन्स्टीट्युटको इन्फेक्सियस डिजिज एण्ड इम्युनोलजीको प्राध्यापक  निगेल म्याकमिलन भन्छिन्, जब कुनै व्यक्ति अरुसंग हात मिलाउछन् तब त्यसको पाँच मिनेट पछि पछी आफ्नो अनुहार छुने गर्दछन् ।

    भिडियो :

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑