
वीरगन्ज| वीरगन्जको भन्सार क्षेत्रमा रहेका दुईवटा हाेटलमा याैन धन्दा चलाईएकाे आशंकमा प्रहरीले छापा मारेर पुरुष र महिला गरि १२ जनालाई नियन्त्रणमा लिएको छ।
वीरगन्ज-१६ इनर्वास्थित हाेटल अभिषेक र अर्को नाम खुल्न नसेकाे हाेटलमा प्रहरीले छापा मारेर ७ पुरुष र ५ महिला गरि १२ जनालाई नियन्त्रणमा लिएको हाे
वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती दुवै होटलमा छापा मारेर हाेटलकी सञ्चालनक ४० वर्षीया एक महिलासहित १२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले पक्राउ गरेका १२ जनामध्ये मा ९ जना भारतीय पुरुष र ३ जना नेपाली महिला रहेका छन् ।
पक्राउ गरिएका सबै जनालाई प्रहरीको हिरासतमा राखे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
