जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधान मन्त्रीलाई समाजवादी युवा संघको ज्ञापन पत्र
वीरगंज संजाल
१ आश्विन २०७६, बुधबार २२:५९
६६९३
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधान मन्त्री केपी शर्मा ओलीलाई समाजवादी युवा संघ पर्साले ज्ञापन पत्र बुझाएको छ । ज्ञापना पत्र मार्फत संघले भ्रष्टाचार, महगी, बेथिती राजस्व छली लगायतकाका कु तत्वलाई यथा सिघ्र सरकारले निश्तेज पार्ने गरी कार्य योजना ल्याउँनु पर्ने माग गरेको समाजवादी युवा संघको केन्द्रीय सह ईन्र्चाज फिरोज मंसुरले जानकारी दिनु भयो ।
बढदो भ्रष्टाचार, मंहगी, बेतथि, विभिन्न स्वदेशी र विदेशी कम्पनीहरुले सरकारलाई तिर्नपर्न कर लगायतका राजश्व नतिरि उम्कन खोज्नुले सरकार नेपाललाई आर्थिक रुपमा विफल पार्न खोजेको भन्दै समाजवादी युवा संघ पर्सा जिल्ला समन्वय समितिले माग सम्बोधन वारे सरकारले ध्यान नदिए बाध्य भएर २१ औं शताब्दीका समुन्नत संघिय समाजवादको विचार वोकेको युवाहरु सघर्षका बिभिन्न कार्यक्रम गर्न बाध्य हुने ज्ञापन पत्रमा मार्फत भनिएको मंसुरले पब्लिक समाचारलाई जानकारी दिनु भयो ।
संघको ज्ञापन पत्र बुझदै पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले ज्ञापन पत्रलाई छिटै नै प्रधान मन्त्रीको कार्यालयमा पुुरयाउने पहल गर्ने प्रतिब्द्धता गरेको पनि समाजवादी युवा संघको केन्द्रीय सह ईन्र्चाज फिरोज मंसुरले जानकारी दिनु भयो ।