हास्य अभिनेता केभिन हार्टले हलिउड अभिनेता टम हङ्स संक्रमित भएको समयमा आफू पनि कोभिड १९ को संक्रमणमा रहेको खुलासा गरेका छन्। कोरोनाबाट मुक्त भइसकेका हार्टले ‘यान इन्टिमेट सोसल्ली डिस्ट्यान्स्ड अफेर’सोको दौरान ओहियोमा यसको खुलासा गरेका हुन्।
‘टम हङ्सलाई नै लागेको बेलामा मलाई पनि संक्रमण भएको थियो। र, मैले यो कुरा बताउन सकिन किनकि उनीजति म चर्चित होइन,’ हार्टले भनेका छन्।
हङ्स र उनकी पत्नी रिटा विल्सनले मार्च ११ मा आफूहरुलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए। त्यतिखेर हार्ट सोसल मिडियामा सक्रिय रहे पनि आफ्नोबारेमा बताएका थिएनन्।
हार्टमा संक्रमण उनको कार दुर्घटनाको घटनाभन्दा पछि भएको हो। दुर्घटनापछि उनले जीवनको नयाँ मूल्य पाएको बताएका थिए। उनले जीवनको कुनै ग्यारेन्टी नहुने बताउँदै साथीभाइ र परिवारका लागि वर्तमानमा रमाउनुपर्ने ज्ञाप पाएको सुनाएका थिए।