काठमाडौँ : काठमाडौँको विभिन्न स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका–७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागुऔषध डाइजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित आज प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ९४७९ नंको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित फेला परेको प्रहरी सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए।
यसैगरी काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने झापा काँकडभिट्टा घर भएका २७ वर्षीय युवराज तिमिल्सिनालाई अवैध लागुऔषध २८ ब्राउनसुगरसहित आज पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले युवराजलाई साथमा बोकी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ । दुवै जनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – रासस