बीरगन्ज | फैसन एण्ड ग्लाम काठमाण्डाैकाे आयोजनामा भएको अनलाईन फोटो प्रतियोगितामा प्रिती घिसिंग विजयी भएकी छन् ।
अत्याधिक लाईक तथा कमेन्टको आधारमा प्रकाशन गरिएको नतिजामा घिसिंग विजयी भएकी हुन् । कुल १३ हजार ३ सय ७४ अंकका साथ घिसिंग विजयी भएको आयोजकले जनाएका छन् ।
यस्तै १३ हजार २ सय ९१ अंकका साथ विनिशा राई मगर द्धितीय तथा ८ हजार ५ सय १४ अंकका साथ आरती गुप्ता तृतीय घोषित भएका हुन् ।
विजेता सबैलाई अवस्था सामान्य भईसकेपछि पुरस्कार दिईने आयोजकको भनाई छ ।