• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्ति’ मा नेपाली काँग्रेसको नोट अफ डिसेन्ट

  • वीरगंज संजाल
  • २८ भाद्र २०७६, शनिबार १२:३०
  • १००१५

    काठमाडौँ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७५ मा मूल ऐनको दफा ५ तथा प्रस्तावित विधेयकको दफा ४ मा रहेको ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्ति’ सम्बन्धी व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नोट अफ डिसेन्ट राखेको छ ।

    सांसद अमरेश कुमार सिंहले पार्टीको तर्फबाट राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठलाई फरक मत बुझाएका हुन् ।


    ‘वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको सन्दर्भमा सरकारद्वारा प्रस्तुत संशोधन र प्रस्तावका विविध विकल्पहरु समेतमा समितिका सांसदहरु बीच सहमति नभइ भिन्न–भिन्न मत रहेको तथा यस संशोधन प्रस्तावबाट नागरिकता प्राप्तिको क्षेत्रमा थप संवैधानिक एवम् सामाजिक जटिलताहरु समेत सृजना हुन सक्ने सम्भावना रहेकोले उपरोक्त विषयमा देशभित्र कृयाशील दलहरुबीच सर्वदलीय सहमति समेतका आधारमा बनेको नेपाल नागरिकता ऐन, २०६३ को व्यवस्था अनुरुप नै हुनुपर्ने नेपाली काँग्रेसको संस्थागत मत राख्दछौँ,’ फरक मतमा भनिएको छ ।

    त्यस्तै, नागरिकता प्राप्ति जस्तो राष्ट्रिय महत्त्वको संवेदनशील विषयमा निर्णय गर्दा राष्ट्रिय सहमतिबाट नभइ बहुमतको आधारमा गरिने निर्णयले मुलुकको दीर्घकालिन हित नहुने राय नेपाली काँग्रेसले राखेको छ ।

    फरकमतमा दिलेन्द्रप्रसाद बडू, मीना पाण्डेय, देवेन्द्रराज कँडेल, डा. अमरेश कुमार सिंह, डा. डिला संग्रौलको हस्ताक्षर रहेको छ ।

    यता, राजपा र समाजवादी पार्टीको तर्फबाट पनि संयुक्त फरक मत पेस भएको छ । राज किशोर यादव र राम सहाय प्रसाद यादवले फरक मत पेस गरेका हुन् ।

    यस्तै नेमकिपाका सांसद प्रेम सुवासले पनि फरक मत राखेका छन् ।

    सुवालले वैवाहिक अंगीकृत नागरिकताको लागि १५ वर्षको समय राख्नु पर्ने भन्दै फरक मत दर्ता गरेका हुन् ।

    नेकपा सांसदहरु भने ७ वर्ष समय राख्नेमा एकमत भएका छन् ।

    त्यसअघि समिति सभापति श्रेष्ठले समितिको तर्फबाट प्रस्ताव राखेकी थिइन् ।

    मस्यौदा प्रतिवेदनको क्रमसंख्या ४ मा मुल ऐनको दफा ५ मा मा संशोधन मुल ऐनको दफा ५ को उपदफा १ को सट्टा देहायको उपदफा १ राखिएको छ । 

     नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी नेपाली महिलालाई सम्बन्ध राखेको सात वर्षपछि नेपालको अंगिकृत नागरिकता प्रदान गर्न सकिनेछ ।
    १.    उपदफा एक पछि देहायका उपदफा १क १ख र १ग थपिएका छन् । 

    १ क. उपदफा एक बमोजिम कुनै पनि महिलाले त्यस्तो नागरिकता प्राप्त गर्न चाहेमा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध र आफूले विदेशी नागरिकसँग वा नागरिकतासरको राष्ट्रियता जनाउने प्रमाणपत्र नलिएको भए सो को प्रमाण र सो नागरिकता वा प्रमाणपत्र लिएको भए परित्याग गरी प्रमाणसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्नेछ । 

    १ ख. नेपाली नागकिसँग वैवाहिक सम्बन्ध कायम गरी नेपालमा बसोबास गरेकी महिलाले उपदफा १ बमोजिम महिलाले नागकिता नपाएसम्मको लागि आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी तोकिए बमोजिम वैवाहिक नेपाली परिचयपत्र प्रदान गर्न सकिनेछ । 

    १ ग. प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएपनि उपदफा १ ख बमोजिम वैवाहिक नेपाली परिचयपत्र लिएकी महिलाको हकमा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्ने सन्दर्भमा नेपाली नागरिकताको प्रमाणपत्रको सट्टामा त्यस्तो परिचयपत्रलाई मान्यता दिइनेछ ।  

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑