• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बैंकहरुमा थुप्रियो पैसा, अधिक तरलता हुँदा के हुन्छ ?

  • वीरगंज संजाल
  • Jul 11, 2020, 9:10 am
  • २८१३

    वीरगंज । दुई वर्ष अघि बैंकहरु लगानी योग्य रकम (तरलता) नभएर निकै छट्पटाए । सानो परिमाणको कर्जा लिन आउनेहरुलाई पनि रित्तो हात फर्काउनु पर्दा बैंकहरु निकै चिन्तित भए । गत वर्षसम्म पनि तरलताको निकै समस्या देखिएको थियो ।तर, लकडाउनपछि भने अवस्था ठीक विपरीत भएको छ । बैंकहरुमा लगानीयोग्य रकम अभाव होइन, अत्यधिक भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यतिबेला बैंकहरुमा १ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ ।

    यो चालु आर्थिक वर्षकै सबैभन्दा धेरै भएकोे राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । लकडाउनका कारण बैंकिङ लगानी घटेपछि बैंकहरुमा अधिक तरलता देखिएको प्रवक्ता भट्टले बताए । यस वर्षकै धेरै तरलता हुनुको कारण सरकारी खर्च बढ्नु पनि भएको उनले बताए ।असार लागेसँगै सरकारले गर्नुपर्ने खर्च राम्रो बढेको साथै बाहृय ऋण पनि बढेका कारण बैंकहरुमा अधिक तरलता देखिएको उनले बताए । बैंकहरुमा कर्जा लिन जानेहरुको संख्या अत्यन्तै न्यून छ ।

    कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ११ चैतमा पूर्ण लकडाउन गर्यो । लकडाउनको अवधिभर कर्जा लगानी अत्यन्तै कम भयो । सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै १ असारदेखि केही सहज बनाएको छ । तर, यस अवधिमा पनि कर्जा लगानी बढ्नुको सट्टा घटेको छ ।  कर्जा लगानी यसरी सुस्ताउँदा बैंकहरुमा अधिक तरलता भएको हो ।अधिक तरलता हुँदा के हुन्छ ? त्योभन्दा पहिले बैंकमा भएको निक्षेप तथा कर्जाको ताजा अवस्था हेरौँ ।

    चैतयता ३६ अर्ब घट्यो ऋण लगानी

    वाणिज्य बैंकहरुको कर्जा लगानी चैतयता मात्रै ३६ अर्ब रुपैयाँले घटेको छ । चैत मसान्तसम्म बैंकहरुको कर्जा लगानी २८ खर्ब ४५ अर्ब रुपैयाँ थियो । १९ जेठसम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी ३६ अबृल्े घटेर २८ खर्ब ९ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।चैत मसान्तको तुलनामा वैशाख पहिलो साता कर्जा लगानी ४ अर्बले घटेर २८ खर्ब ४१ अर्ब रुपैयाँ कायम भयो । १९ वैशाखसम्म कर्जा लगानी घटबढ भएन । वैशाखमा एक हप्तासम्म स्थिर देखिएको बैंकको कर्जा लगानी त्यसपछि भने पुनः घट्यो ।

    वैशाख मसान्तमा लगानी घटेर २८ खर्ब ३६ अर्ब कायम भयो भने जेठ अन्तिम सातासम्म आइपुग्दा पुनः घटेर २८ खर्ब १६ अर्ब रुपैयाँ कायम भयो । त्यसपछि पनि बैंकको कर्जा लगानी घट्ने क्रम रोकिएको छैन ।बैंकहरुको निक्षेप भने बढेको छ । चैत मसान्तसम्म वाणिज्य बैंकहरुको निक्षेप ३१ खर्ब ८९ अर्ब रुपैयाँ थियो । १९ असारसम्म आइपुग्दा निक्षेप १ खर्ब ३८ अर्बले बढेर ३३ खर्ब २८ अर्ब रुपैयाँ कायम भएको बैंकर्स संघले जानकारी दिएको छ ।

    अधिक तरलताको असर निक्षेपमा

    बैंकहरुले कहिले कर्जा दिन नपाएर समस्या झेल्नुपर्छ त कहिले भएको पैसा लगानी नभएर तनाव लिनुपर्छ । यसपालि बैंकलाई भएको पैसा ऋण लगाउन नपाएर समस्या भएको छ । तरलता अभावका जस्तै अधिक तरलताले पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने भयो भने बैंकहरुको व्याज खर्च बढ्न गई मुनाफा प्रभावित हुन पुग्छ ।

    फलस्वरुप बैंकहरुले निक्षेपको व्याजदर घटाउन थाल्छन् र निक्षेपकर्ताहरु प्रभावित बन्न पुग्छन् । उता कर्जाको पनि व्याजदर त घट्छ तर लगानीयोग्य वातावरणको अभावमा कर्जाको माग बढ्न सक्दैन र लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाहित हुन थाल्दछ ।अधिक तरलताका कारण स्वदेशमा बचतको न्यून प्रतिफल हुने हुँदा पुँजी पलायनको अवस्था सिर्जना गर्छ । त्यस्तै, बैंकमा कम व्याज पाउने भएपछि सुपरीवेक्षण र निगरानीबाट टाढा रहेका सहकारी जस्ता संस्थाहरुमा निक्षेप जान्छ, जसले वित्तीय जोखिम निम्त्याउँछ ।

    यतिबेलै यसको असर निक्षेपमा पर्न शुरु भइसकेको छ । केही बैंकहरुले निक्षेपको ब्याजदर घटाइसकेका छन् भने केही बैंकहरुले निक्ष्ँेपको ब्याजदर घटाउने तयारी गरिरहेका छन् । तर, कर्जाको ब्याजदरको जति चर्चा हुन्छ, त्यति चर्चा निक्षेपको ब्याजदरले नपाउने हुँदा यसलाई बेवास्ता गरिँदै आएको छ । निक्षेपको ब्याज कम हुँदा बचत गर्न मानिसहरू निरुत्साहित हुने बैंकिङ जानकारहरु बताउँछन् ।

    ‘लगानी गर्ने वातावरण नै छैन, कसरी बढ्छ कर्जा ?’

    पूर्ब बैंकर अनलराज भट्टराई लगानी गर्ने वातावरण नभएका कारण अहिले बैंकको कर्जा लगानी सुस्ताएको बताउँछन् । कोरोना भाइरस (कोभिड–१९) का कारण लगानी गर्ने वातावरण पुरै बिग्रिएका कारण यतिबेला बैंकको लगानी नभएको र लगानी नहुँदा अत्यधिक तरलता थुप्रिएको उनले बताए ।नेपालमा लगानी गर्ने ठाउँहरु सीमित भएका कारण पनि यो समस्या भएको भट्टराईको तर्क छ । तर, अहिले नेपालमात्रै नभएर विश्व अर्थतन्त्रमा नै कोरोनाका कारण ठूलो असर परेको उनले बताए । कोरोना त्रास कम भएसँगै लगानीको वातावरण बन्ने उनको विस्वास छ ।

    ‘अहिले कर्जाको माग नै छैन, लगानी गर्ने वातावरण नै छैन, लगानी घट्नु नै सबैभन्दा ठूलो कुरा यही हो,’ पूर्ब बैंकर भट्टराई भन्छन्, ‘नेपालीहरुले लगानी गर्ने भन्ने सुन किन्छन् कि घर किन्छन्, सुनको भाउ पनि बढेको छ अर्को लगानीको क्षेत्र पुँजी बजार पनि भर्खरै खुलेको छ । लगानी गर्ने ठाउँ धेरै छैन ।’

    अहिलेको अवस्था साधारण अवस्था नभएको भन्दै उनले यस्तो बेलामा तरलता अधिक हुनु स्वाभाविक भएको उनले बताए । कोभिड–१९ कहिलेसम्म रहन्छ भन्ने केहि ठेगान नभएको भन्दै उनले अब कहिले लगानी धेरै होला भन्न नसकिने बताए । यद्यपि, विस्तारै अवस्था सुधार हुँदै जाने उनले बताए ।

    राष्ट्र बैंकको नीति– कसरी हुन्छ लगानी बढाऊ

    बैंकहरुमा धेरै तरलता भयो भने राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गरेको छ । बैंकिङ प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा बैंकिङ प्रणालीबाट अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने उपकरण रिभर्स रिपो हो ।यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको राष्ट्र बैंकमा रहेको खाताबाट रकम झिकिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ । यसबाहेक, राष्ट्र बैंकले ऋणपत्रहरुमार्फत पनि तरलता व्यवस्थापन गर्दछ ।

    यसबाहेक, व्याजदर करिडोर, सीसीडी रेसियो, अन्तरबैंक कारोबार लगायतका नीतिगत व्यवस्था एवम् मापदण्डको प्रयोग गरेर पनि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्ने गर्दछ । तर, यतिबेला भने राष्ट्र बैंकले तरलता नतान्ने बताएको छ । प्रवक्ता भट्टले तरलता तान्ने भन्दा पनि कसरी हुन्छ बैंकलाई लगानी बढाउन नै दबाव दिइने बताए ।

    अर्थतन्त्रलाई चलायमान बनाउन ऋण लगानी बढाउनु नै राम्रो हुने भएकाले बैंकले लगानी बढाउनुपर्ने उनले बताए । बैंकले लगानी बढाउन भनेर राष्ट्र बैंकले अहिले प्रशोचन नगरेर खुला छाडिदिएको उनले बताए ।‘बैंकहरुले लगानी बढाउनु नै राम्रो हुन्छ, लगानी बढे अर्थतन्त्रमा पनि सकारात्मक असर गर्छ’ उनले भने, ‘अहिले हामी बैङ्कको पैसा तान्ने पक्षमा छैनौ, जसरी हुन्छ उनीहरुको लगानी विस्तारमा बाध्य बनाउने हो ।’

    राष्ट्र बैंकले तान्छ भन्नेमा बैंकहरु विश्वस्त

    बैंकहरुमा यतिबेला अधिक तरलता छ । उता राष्ट्र बैंकको नीति तरलता तान्ने भन्दा पनि कसरी हुन्छ, बैैंकहरुलाई लगानी बढाउन बाध्य बनाउने भन्ने छ ।बैंकहरु भने राष्ट्र बैंकले तरलता तान्नेमा विस्वस्त छन् । यतिबेला कोरोना त्रासका कारण बैंकहरुको लगानी नभएको भन्दै राष्ट्र बैंकले तरलता तान्नुपर्ने बैंकरहरु बताउँछन् । वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकले तरलता तान्नेमा आफू ढुक्क भएको बताउँछन् ।

    बैंकहरुमा तरलता थुप्रिँदा त्यसको असर निक्षेपको ब्याजदरमा पर्ने भन्दै उनले राष्ट्र बैंकले यस विषयमा तत्कालै सोच्ने बताए । केही दिन ढिला गरेर भए पनि राष्ट्र बैंकले तरलता तान्ने उनले बताए ।‘राष्ट्र बैंकले त तनान्ने बरु बैंकलाई नै लगानी बढाउन दबाव दिने नीति बनाएको छ नि ?’ भन्ने जिज्ञासामा अध्यक्ष दाहालले भने, ‘लगानी त विस्तारै बढिहाल्छ, तर तरलता त राष्ट्र बैंकले तान्नैपर्छ, राष्ट्र बैंकका अधिकारीले जिस्केर तान्दैनौं भन्नुभएको हुन सक्छ, साँच्चिकै होइन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    News

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑