विरगंज । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ खेलकुद ऐन प्रमाणिकरण गरेको सात दिन पुगेसँगै बुधबार राति १२ बजेबाट २०४८ को खेलकुद ऐन खारेज भएको छ । योसँगै आजबाट नयाँ खेलकुद ऐन लागू हुनेछ । नयाँ खेलकुद ऐन जेठ सात गते संघीय संसदलेपारित गरेपछि एक साताअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो ।
नयाँ ऐन लागु भएसँगै राष्ट्रिय खेलकुद परिषद्को बोर्ड र त्यस अन्तर्गतका सबै संरचाना कानुनी रूपमा स्वत खारेज भएको छ । राष्ट्रपतिले ऐन प्रमाणिकरण गरेको सात दिन बित्दासम्म पनि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले कुनै अग्रसरता नदेखाएको कारण आजबाट खेलकुद क्षेत्र पुर्णरुपमा अन्योलमा धकेलिन पुगेको छ ।
तथापि स्रोतका अनुसार मन्त्रालयले आजदेखि परिषदको बोर्ड र पुरानो संरचनालाई स्वीकार नगर्ने बताएको छ । प्रमुख प्रश्न राष्ट्रिय खेलकुद परिषद्को बोर्डको विघटन नै हो । कानून अनुरुप नयाँ ऐन लागुसँगै सम्पुर्ण पुरानो संरचना खारेजी नै हो ।
तर नयाँ ऐन अनुसार यो अवधिमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले कुनै अग्रसरता नदेखाएको कारण खेलकुद क्षेत्रमा अन्योलता छएको हो । स्रोतका अनुसार मन्त्रालयले आजदेखि परिषदको बोर्ड र पुरानो संरचनालाई स्वीकार नगर्ने बताएको छ ।
पुरानोलाई मान्यता नदिने र नयाँ ऐन अनुसार कुनै धारणा स्पष्ट नपार्दा खेलकुद केहि समय खाली रहने देखिएको छ । प्रदेश र संघहरूको विषयमा भने नयाँ ऐन अनुरूप अगाडी बढ्ने प्रक्रिया सुरू भएको छ । प्रदेश तीनमा नयाँ गठन प्रक्रिया समेत सम्पन्न भइसकेको छ ।
परिषदको बोर्डको विषयमा भने ठोस निर्णय दिन नसक्नु मन्त्री विश्वकर्माको कमजोरी हो । नयाँ व्यवस्था नभएसम्म राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल वा बोर्डले कुनै कार्य गरेमा कानुनीरूपमा उल्टाउन सक्ने आधार रहन्छ ।