वीरगंज| वीरगंज कारागारमा हुने अनियमितताको विरोधमा खडा भएका पूर्वकैदीहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्साले एकपछि अर्को गरी तह लगाउँदैछ ।
२०७५ सालको गणतन्त्र दिवसमा ज्यान मुद्दामा छुटेका पूmलहसन अन्सारीलाई पहिलो चरणमा फसाउने प्रयास गरेको प्रका, पर्साले अहिले सोही मुद्दामा सोही दिन छुटेका सन्तोष दासलाई फसाएको छ । वीरगंज कारागारमा मुख्य नाइके शेष भोलासमेतको सञ्जालले गृह मन्त्रालयसम्म प्रभाव पारेर वीरगंज कारागारमा चरम आर्थिक अनियमितता र शोषण गरेको बारेमा अन्सारी र दासले खुलासा गर्दै आएका थिए । दासले आदर्शनगरस्थित पशुपति रोड क्यारियर्समा कार्यरत राजेश दुबेलाई गोली हानी हत्या गरेको कसूरमा २०६६ सालमा १० वर्षको कैदसजाय भुक्तान गरेका थिए ।
उनीहरू कारागारमुक्त हुनासाथ २०७५ सालमा वीरगंज कारागारमा भएका गतिविधिबारेमा नेपाल पत्रकार महासङ्घ पर्सामा पत्रकार सम्मेलन गरी भण्डाफोर गरेका थिए । त्यसपछि स्थानीय प्रहरी प्रशासन र गृह मन्त्रालयलाई निरन्तर झकझकाउँदै आएका उनीहरूविरुद्ध अहिले पर्सा प्रहरी लागिपरेको छ । पहिलो चरणमा अन्सारीका दुई भाइ सद्दाम र जौवाद अन्सारीलाई साउन २४ र २८ गते वीरगंजको बिर्ताबजार र घण्टाघर बजारमा विस्फोट गराएको कसूरमा पक्राउ गरी हातहतियार रखजाना तथा विस्फोटक पदार्थमा कारबाई चलाएको थियो । अहिले सोही घटनामा प्रहरीले सन्तोष दासलाई गएराति नाटकीय ढङ्गबाट घरबाट पक्राउ गरी खुट्टामा गोली हानेर घाइते बनाएको छ ।
जिप्रकाले वप्रका श्रीपुरले नियमित चेकजाँच गर्नेक्रममा दासले प्रहरीलाई हतियार देखाएर भाग्न खोजेको र प्रहरीले गोली प्रहार गर्दा दासको खुट्टामा लागेको जनाएको छ ।यसैगरी, प्रहरीले दासबाट एउटा हतियार र १७ राउन्ड गोली बरामद भएको जानकारी गराएको छ । साथै प्रहरीले निजको घरमा खानतलाशी गर्दा पुरानो म्यागजिन र १७० ग्राम लागूऔषध बरामद भएको पनि जनाएको छ । तर स्रोतका अनुसार वीरगंज–१६ घर भएका दास केही महीनादेखि वीरगंज–१३ राधेमाई क्षेत्रमा डेरा लिएर बसेका थिए ।
उनलाई डेराबाट प्रहरीले हिजो राति पक्राउ गरेको र नियन्त्रणमा लिएर खुट्टामा गोली हानेको थियो । प्रहरीले घाइते बनाएको दासलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ ।प्रहरी उपरीक्ष्Fक सोमेन्द्रसिंह राठौरले सञ्चारकर्मीहरूको दबाबमा नारायणी अस्पतालमा फोटो खिच्न इजाजत दिए पनि वाकीटाकीबाट दासलाई कुनै पनि किसिमको बयानबाजी नदिन प्रहरीलाई निर्देशन गरेका थिए । सोहीअनुरूप प्रहरीले पनि दासलाई धम्क्याएको थियो । तर धम्कीको बावजूद दासले आपूmलाई डेराबाट नियन्त्रणमा लिएको र प्रहरीले मार्ने षड्यन्त्र गरेको बताएका थिए । sabhar pratikdaily