• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    दुई सय ट्रक एक महिनादेखि केरुङमै

  • वीरगंज संजाल
  • Mar 18, 2020, 6:42 am
  • ३७११

    चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन् । चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका हुन् ।

    नाका बन्द भएपछि फलफूल, लत्ताकपडा लगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन् । फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि नाकामै अलपत्र परेको बताए । सामान छुटाउनका लागि सरकारसँग पटकपटक पहल गरेपनि अहिलेसम्म सुनुवाई नभएको उनको भनाइ छ ।

    “स्याउ लामो समयसम्म राख्न नमिल्ने भएकाले कुहिने अवस्थामा पुगेको छ,” उनले भने, “यसबाट व्यवसायीलाई ६५ देखि ७० करोड रुपैयाँ नोक्सान भएको छ ।” चीन सरकारले नाकामा कुनै रोक नलगाएको उल्लेख गर्दै उनले ‘चीनले समेत नाकामा रोक लगादियो भने सामानको जिम्मा कसले लिने ?’ भन्दै प्रश्न गरे । लामो समयसम्म सामान नाकामा रोकिँदा नष्ट हुने भएकाले जतिसक्दो सामान छुटाउका लागि पहल गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको व्यवसायीको भनाइ छ ।

    दुई सय ट्रक स्याउ नाकामा रोकिदा बजारमा उपभोक्ताले महँगोमा खरिद गर्नुपरेको छ । कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै सरकारले केरुङ नाका बन्द भएपछि फलफूल लत्ताकपडा लगायतका अन्य सामान रोकिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले केरुङ नाकामा रोकिएका सामान छुटाउनका लागि पहल भइरहेको बताइन् । एक महिनादेखि रोकिएका फलफूल बोकेका ट्रक छुटाउनका लागि सम्बन्धित निकायबीच छलफल भइरहेको उनले जानकारी दिइन् । चिनियाँ स्याउ भित्रिन नपाउँदा पछिल्लो समय बजारमा महँगी बढेको छ । प्रतिकेजी १५० रुपैयाँमा पाइने स्याउ अहिले २५० देखि ३०० रुपैयाँ पर्ने गरेको छ ।

    स्वदेशी उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट ठूलो परिणाममा फलफूल आयात हुने गर्छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा वर्ष ४ अर्ब ९३ करोड रुपैयाँको स्याउ आयात भएकोमा चीनबाट ३ अर्ब ६५ करोड रुपैयाँको र एक अर्ब २६ करोड रुपैयाँको आयात भएको थियो । स्वदेशी उत्पादनले मागको एक महिनालाई पनि धान्न नसक्ने व्यवसायीको भनाइ छ ।

    यसैबीच, चीनबाट आउने स्याउ, लत्ताकपडा लगायतका अन्य सामान रोकिएपछि बजारमा अभाव भएको छ । न्युरोडका व्यापारी दिनेश अग्रवालले केरुङ नाका बन्द भएपछि सामान लोडगरेका सामान रोकिएको बताए । सामान नआउँदा व्यवसायीलाई करोडौ रूपैयाँ नोक्सान भएको उनको भनाइ छ । नाका नै बन्द भएपछि बजारमा सामान आउन छोडेकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । चीनबाट सस्तो मूल्यमा सामान आयात हुँदा बजारमा उपभोक्ताले सुपथ मुल्यमा सामान पाउने गर्छन् ।

    आठ मुलुकबाट कृषिजन्य वस्तु आयत बन्द
    सरकारले आठ मुलुकबाट कृषिजन्य, पशुजन्य र बिरुवाजन्य सामग्री आयातमा तत्कालका लागि रोक लगाएको छ । कोरोना त्रासको कारण कृषि मन्त्रालयले नेपालमा अनअराइभल भिसा बन्द गरिएका समुद्रपारका आठ वटा मुलुकबाट हुने तीन प्रकारका आयातमा रोक लगाएको जनाउको छ । रोक लगाइएका मुलुकमा चीन, दक्षिण कोरिया, जापान, इटली, इरान, फ्रान्स, जर्मनी र स्पेन छन् । कृषी तथा पशुपन्छी मन्त्रालयले फागुन २८ मा भन्सार कार्यालयहरूलाई पत्र पठाउँदै छालाका ब्याग, छालाकै गार्मेन्ट, बिस्कुट, चकलेट, नुडल्स, ड्राई मिट, ससेज लगायत जंक फुड र एफएमसीजी वर्गका मालवस्तु आयात नगर्न भनेको हो । कृषी मन्त्रालयको निर्देशनअनुसार भन्सार विभागले ८ मुलुकबाट आयात गरिने कृषिजन्य, पशुजन्य र बिरुवाजन्य खाद्यसामग्रीको आयातको अनुमतिपत्र दिन पनि बन्द गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑