यसपछिको दोस्रो ठूलो कारण क्यान्सर हो । क्यान्सरले विश्वभर १६.३ प्रतिशतको ज्यान लिने गरेको २०१६ को तथ्याङ्कले देखाएको छ । यसपछि मधुमेह, स्वास प्रस्वास, मानसिक बिमारी लगायतका गैर–संक्रमक रोगहरु पनि मृत्युको प्रमुख कारण रहँदै आएका छन् ।
जस्तै १९९० मा तीन मध्ये एक व्यक्तिको मृत्यु संक्रमक रोगका कारण हुने गर्दथ्यो भने २०१७ मा पाँच मध्ये एक पुगेको छ । विशेषगरी बालबालिकाहरु संक्रमक रोगबाट बढी संवेदनशील हुन्छन् । यस्तोमा १९ औँ शताब्दी सम्म पनि विश्वका प्रत्येक तीन बालकको पाँच वर्ष अगावै मृत्यु हुने गरेको थियो ।