• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  जीवनशैली

    के कारणले हुन्छ मानिसको सबैभन्दा बढी मृत्यु ?

  • वीरगंज संजाल
  • Sep 1, 2019, 2:00 am
  • ३३४९

    बीबीसी । केही दशक अघिको तुलनामा मानिसहरु अहिले धेरै समय बाँचिरहेका छन् । सन् १९५० मा मात्र विश्वव्यापी औसत आयु ४६ वर्ष थियो भने २०१५ मा ७१ भन्दा माथि पुगिसकेको छ । केही राष्ट्रहरुमा रोग, माहामारी र अप्रत्याशित घटनाका कारण सो नतिजा प्राप्त गर्न सहज थिएन । तर पनि आतङ्क, युद्ध, प्राकृतिक प्रकोप जस्ता कारणले विश्वका केबल ०.५ प्रतिशत मानिसले मात्र ज्यान गुमाएका छन् ।

    यसरी रोकथाम गर्न सकिने कारकहरु नै अधिकांश मृत्युको कारण बन्ने गरेको पाइएको छ । विशेषगरी युवाहरुको असामयिक मृत्यु पछाडिका कारणहरु समयसँगै परिवर्तन भइरहेको पाइएको हो ।

    २०१७ मा मात्र विश्वभरबाट ५ करोड ६० लाख मानिसको मृत्यु भएको तथ्याङ्क रहेको छ जुन १९९० भन्दा १ करोड धेरै हो ।

    यसरी विश्वव्यापी जनसङ्ख्या वृद्धि हुने क्रममा मानिसहरुको औसत आयु बढिरहेको छ तापनि ७० प्रतिशत मानिसहरु रोकथाम गर्न सकिने गैर–संक्रमक र दिर्घकालीन रोगका कारण मृत्यु हुने गरेको पाइएको छ । यी रोगहरु एक व्यक्तिबाट अर्कोमा सर्दैन र विस्तारै गति लिने गर्दछ । यसरी विशेषगरी मुटु सम्बन्धी रोगले विश्वमै सबैभन्दा बढी मानिसको ज्यान लिने गरेको पाइएको छ । विश्वमा ३२.३ प्रतिशत मृत्युको कारण मुटु सम्बन्धी रोग रहेको छ, अर्थात यसले तीन मध्ये एकको ज्यान लिइरहेको छ ।

    यसपछिको दोस्रो ठूलो कारण क्यान्सर हो । क्यान्सरले विश्वभर १६.३ प्रतिशतको ज्यान लिने गरेको २०१६ को तथ्याङ्कले देखाएको छ । यसपछि मधुमेह, स्वास प्रस्वास, मानसिक बिमारी लगायतका गैर–संक्रमक रोगहरु पनि मृत्युको प्रमुख कारण रहँदै आएका छन् ।

    तर अहिलेको प्राविधिक युगमा समेत रोकथाम गर्न सकिने साधारण रोगकले धेरै मानिसको ज्यान लिने गरेकामा वैज्ञानिकहरुले आश्चर्य जनाएका छन् ।

    जस्तै २०१७ मा १६ लाख मानिसको झाडापखालासँग सम्बन्धित कारणले मृत्यु भएको थियो । केही देशहरुमा यस्तै रोकथाम गर्न सकिने सामान्य बिमारी नै खतरनाक साबित हुने गरेको छ ।

    त्यसैगरी २०१७ मा जन्मेको २८ दिन भित्र मृत्यु हुने शिशुको सङ्ख्या पनि १८ लाख पुगेको हो । तर देशहरु यसबाट छुट्टाछुट्टै किसिमले प्रभावित छन् । जस्तै विश्वका अति गरिब देशमध्ये एकको तुलनामा पनि जापानमा १ हजार भन्दा कम शिशुको मृत्यु हुने गरेको छ ।
    तर सडक दुर्घटनाका कारण हुने मृत्युको सङ्ख्या भने धनी गरिब सबै देशमा उत्तिकै रहेको पाइएको छ जसले २०१७ मा १२ लाख मानिसको ज्यान लिएको छ ।

    यसरी केही दशक अघिदेखि उच्च आयदर भएका राष्ट्र सडक दुर्घटनालाई केही कम गर्न सफल भएपनि विश्वव्यापी रुपमा यसको दरमा कुनै ठूलो बदलाव देखिएको छैन । त्यसैगरी हत्याबाट भन्दा दुई गुना मानिसहरु आत्महत्याका कारण मर्ने गरेको पनि पाइएको छ ।  यसरी देशमा विकासको गति बढेसँगै मृत्युका प्रमुख कारणहरु पनि परिवर्तन हुने गरेका छन् । विगतमा संक्रमक रोगले आजको तुलनामा ठूलो भूमिका निर्वाह गर्ने गर्दथ्यो ।

    जस्तै १९९० मा तीन मध्ये एक व्यक्तिको मृत्यु संक्रमक रोगका कारण हुने गर्दथ्यो भने २०१७ मा पाँच मध्ये एक पुगेको छ ।  विशेषगरी बालबालिकाहरु संक्रमक रोगबाट बढी संवेदनशील हुन्छन् । यस्तोमा १९ औँ शताब्दी सम्म पनि विश्वका प्रत्येक तीन बालकको पाँच वर्ष अगावै मृत्यु हुने गरेको थियो ।
    तर चिकित्सा क्षेत्रको विकाससँगै निर्माण भएका खोप, सरसफाइमा सुधार, पर्याप्त पोषणयुक्त खानेकुरा, स्वास्थ्य सेवा र सफा खानेपानीको पहुँचले शिशु मृत्यु दरलाई धेरै कम गराइसकेको छ ।

    धनी देशहरुमा शिशु मृत्यु दरलाई दुर्लभ मान्न थालिएको छ भने अविकसित क्षेत्रहरुमा पनि थोरै तर लगातार सुधार भइरहेको छ । तर यता वृद्धहरुमा गैर–संक्रमक रोगको दर भने धेरै बढिसकेको छ जसलाई चिन्ताजनक मानिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?
  • टाइटानिक हेर्न गएको पनडुब्बी बेपत्ता
  • बालबालिकालाई कस्तो योगाभ्यास गराउने ? बालबालिकालाई कस्तो योगाभ्यास गराउने ?
  • नरिवल पानीका फाइदा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    वीरगञ्ज महानगरपालिका वडा नं. २६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन

    गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    वीरगञ्ज महानगरपालिका वडा नं. २६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन

    गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    News

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    News

    घटनाको भोलिपल्टै सुनसरीमा सरकार पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन: अध्यक्ष अन्सारी

    News

    वीरगञ्ज महानगरपालिका वडा नं. २६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन

    News

    गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑