• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बालबालिकालाई कस्तो योगाभ्यास गराउने ?

  • वीरगंज संजाल
  • Jun 12, 2023, 3:42 pm
  • ९८५

    वीरगंज । बालबालिकाको शरीर होस् वा मस्तिष्क निकै संवेदनशील हुन्छ । यो उमेरमा नै शारीरिक तथा मानसिक विकासक्रम हुने भएकाले तुलनात्मक रुपमा हुर्किंदै गरेका बालबालिकाको लागि वयस्क र वृद्धभन्दा बढी योग जरुरी हुन्छ । बढ्दो उमेरसँगै उनीहरुमा हार्मोनल, मानसिक तथा भावनात्मक परिवर्तन पनि सँगै भइरहेका हुन्छन् । त्यससमय योग सिकाएर बानी बसाल्न सकियो भने उनीहरुको सन्तुलित विकासमा सहयोग पुग्छ । यसले शरीरमा भइरहने परिवर्तनलाई सहज र बाधारहित बनाउँछ । शरीरलाई लचिलो हुन सहज बनाएर उचाइ बढाउन मद्दत गर्नुका साथै चुस्त, दुरुस्त र फूर्तिलो बनाउँछ । तसर्थ, बालबालिकालाई योग आवश्यक छ ।

    कस्तो योगाभ्यास सिकाउने ?

    बालबालिकालाई खेलमा आधारित सिकाउनुपर्छ, जसले उनीहरुमा योग गर्ने चाहना बढोस् र मनोरञ्जन पनि लिन सकुन् ।
    १. भुजंगासन

    यो योगाभ्यास बालबालिकाको विकासको लागि राम्रो हुन्छ । सर्पको आकृतिमा बसेर गरिने यो अभ्यासले मेरुदण्डलाई लचिलो बनाउँछ । पाचन क्षमता र श्वासप्रश्वास प्रणालीलाई पनि भुजंगासनले फाइदा पुर्‍याउँछ ।

    २. वृक्षासन

    वृक्षासन बालबालिकाले मनोरञ्जन लिन सक्ने उपयोगी योगाभ्यासमध्ये पर्छ । यसले शारीरिक, मानसिक सन्तुलन कायम गरेर मानसिक एकाग्रताको क्षमता विकास गर्छ ।

    ३. सर्वाङ्गासन र हलासन

    यी दुई आसन शरीरलाई उल्टो बनाएर गरिने अभ्यास हुन् । अर्थात्, टाउको तल, खुट्टामाथि । यी दुवै आसनमा रक्तसञ्चारको प्रवाह टाउकोतर्फ पुग्छ । जसले मानसिक स्वास्थ्यलाई सुधार गर्छ । र, दिमागलाई शान्त राख्छ ।

    ४. सूर्य नमस्कारको चक्र

    बालबालिकालाई १२ आसन भएको सूर्य नमस्कार गराउन सकिन्छ । यसले शरीरको सम्पूर्ण विकासमा भूमिका खेल्छ । जस्तै, जोर्नी, मांसपेशी, उनीहरुका अंगहरुको बनावटलाई आवश्यक कसरत प्रदान गर्छ । सूर्य नमस्कारमा मन्त्र पनि छ । मन्त्रले मानसिक विकास र चक्रले शारीरिक विकास गर्छ ।

    ५. प्राणायाम

    बालबालिकालाई सानैदेखि प्राणायाम जरुरी हुन्छ । हिजोआज प्रदूषणले गर्दा शरीरले स्वस्थ ऊर्जा प्राप्त गर्न नसक्ने हुँदा प्राणायाम आवश्यक छ । जसले मानसिक क्षमता, मनोबल, एकाग्रता बढाउँछ । यसले रोगसँग लड्ने तागत पनि दिन्छ । प्राणायाममध्ये पनि बालबालिकाको सबैभन्दा राम्रो भ्रामरी र शीतकारी प्राणायाम हो । भ्रामरी प्राणायामले इन्द्रियहरुलाई स्वस्थ राख्छ । यो प्राणयाम गराउँदा धेरै सास नरोकी अनुलोमविलोमको अभ्यास गराउनु फाइदाजनक हुन्छ । शीतकारी प्राणायामले बालबालिकालाई आराम दिन्छ । पेटको रोग र रिसलाई शान्त गर्छ ।

    ६. ध्यान

    बालबालिकालाई कुनै कुराप्रति एकाग्र बनाउन ध्यान गराउन सकिन्छ । मूर्ति, उदाउँदै गरेको घाम, खुला आकाश, कुनै संगीतको धुन, गायत्री मन्त्र सहज ध्यान गराउन सकिन्छ । यस्ता किसिमको ध्यानले उनीहरुको पढाइमा हुने तनाव, मानसिक उल्झन, रिस र क्रोधलाई हटाउन सक्छ । मानसिक र आध्यात्मिक ध्यानले पनि ठूलो योगदान दिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑