• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सामूहिक गौहत्या

  • वीरगंज संजाल
  • Sep 1, 2019, 12:55 am
  • ८०७७

    नेपाल तीजमय छ, विश्वभर नेपालीहरु जहाँ जहाँ छन् तीजमय माहाेल बनाएर बसेका छन्, कि कसो दिदी बहिनीहरू? टिभी रेडियोमा आएका तीजाम्य गीतहरु, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालोहरु अनि बाटाघाटामा राताम्य तीजाम्य सजावट अनि सौन्दर्य, तीजले नछोएको कहाँ छ र ?

    तीजलाई कठोर ब्रत भन्दा पनि समर्पणका रुपमा हेर्न जरुरी छ ? आउनुहोस् आज बात मारौं दर खाने दिनका बारे, हुन त आजभोली तीजको दर तीजभन्दा महिनौं अघिबटै शुरु भइसकेको हुन्छ तथापि परम्परागत रुपमा तीजको एकदिन अगाडि बास्तविक दर खाने चलन छ ।

    शताब्दीऔं देखि महिलाहरुको शौभाग्यकालागि बसिने यो तीजका आयामहरु आजभोली समयसङ्गै आधूनिक हुँदै गएको छ, महिनौ अगाडिदेखि दरखाने चलन, तडकभडक र सामाजिकिकरणको नाममा अतिरञ्जीत गर्दै भड्किलो संस्कार र चलनहरु हामीले देख्दै आएका छौं । तीजलाई विशुद्ध सरल अनि महत्वपूर्ण चाडका रुपमा मात्र लिइन जरुरी छ र यो चाडलाई गरिब-धनी सबैको पहुँचमा आउने गरि मनाइन जरुरी छ । अर्कोतर्फ गर्मीको मौसम छ, स्वास्थ्यलाई विशेष ख्याल गर्न जरुरी छ, धेरै चिल्लो पिरो खानेकुरा, गरिष्ट र तामसी भोजनको अधिक्तम सेवनले थप बिरामी गराउन सक्दछ तसर्थ दर खाने क्रममा यी कुराहरुप्रति धेरै ख्याल गर्न जरुरी छ ।

    निराहार तथा निर्जला रही तीज मनाउनाले फल प्राप्त गरिन्छ भन्ने धारणा सत्य हैन, अविवाहीताकालागि असल पति र विवाहिताको पति अनि परिवारको स्वास्थ्य एकदिनको तीजले मात्र नभई वर्षभरिको समन्वय, समझदारी र सहकार्यले, एकअर्काप्रतिको समर्पण, सम्मानले मात्र निर्धारण गर्नसक्छ । यस दिन पुरुषहरुको पनि उत्तिकै दायित्व छ, हाम्रा आमा, दिदी-बहिनी अनि पत्निहरुको हामीप्रतिको यो सहृदयताकालागि हामीले पनि जिम्मेवारी उठाउन जरुरी छ, आजको दिन वहाँहरुलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ, तपाई अविवाहित पुरुष हुनुहुन्छ भने के थाहा तपाइकालागि पनि कोही कतै भोली व्रत बस्नेवाला हुनुहुन्छ कि ?

    भोलीको कठिन तीजको व्रतलाई आजको दरले भ्याउनुपर्ने हुन्छ किनभनें भोलीको व्रत केवल व्रतमात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो । यसरी सबैजना नारीहरु एकैठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मिठा मिठा परिकारहरु खाने चलन नै दर हो ।

    दरको कुरा गर्दा पकवानहरुमा सामान्यतया ढकने, आलुदम, आलु-कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरु सेवन गर्ने चलन छ । अझ बिवाहित चेलीकालागि त दरको महत्व बास्तवमैं अगाढ स्नेहमयी हुन्छ । माईतीको निम्तोमा दर खान पुगेका चेलीहरु आजको दिन आमा, हजुर या भाउजुहरुको स्नेहमा लुटपुटिदैं उपरखुट्टि लगाएर घरको कुनै सुर्ता नराखि खाने, रमाउने चलन छ । तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरुकालागि भनेजस्तो राम्रो जीवनसाथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरु हुन् । दर खाने दिनका याद गर्दै माईत जान नपाएका चेलीहरुको वेदना पनि गहभरि आँशुसंगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा ।

    यसपाला तीजमा यस्तै भयो आमा
    अर्कोपाला तीजमा खोलाले नछेके

    यस्ता कैयन भाकाहरु छन् जसलाई लैबरीको भाकामा तिजाम्य वेदना पोख्न प्रयोग गरिएको छ, शदियौं देखि नेपाली समाजमा ।

    यसपालाको बाढिपहिरोले धेरै चेलीका घरहरु अनि धेरैका माईतहरु बगाएको छ अनि संगसंगै तिनीहरुको सपना र आकांक्षाहरु पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरु पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यसबर्ष सबैतिर समान छैन्, यता नाचगान हुँदैगर्दा उता रुवावासी हुँदैछन्, यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दैगर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ । मिठा पकवानमा र सङ्गीतमा झुमेका यताका दरहरु उता चुर्लुम्म डुबेको दैनिकिमा चिउरा दालमोठसंग मेल नखान सक्छन् । यस तीजमा एक अर्काको दुःख बाँड्ने र सुख साँट्ने साझा थलोको निर्माण गरौं ।

    तीज एउटा संस्कारमात्र नभई सभ्यता हो, हेर्नेले यसलाई नारीवादी चाडका रुपमा हेर्दछन तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भनें तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासु, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरुको साझा चौतारीका रुपमा तीजलाई लिन सकिन्छ ।

    वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादि पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेलाभई नाचगान गर्दै रमाइलो गर्ने चलन रहि आएको छ ।

    जे होस् आज दरखाने दिनको हामी सबैलाई मुरी मुरी शुभकामना, हामी सबैजनाको परिवारको सु-स्वास्थ्य र दीर्घायू कायम होस्, भनेजस्तो जीवनसाथी पाइयोस् अनि सम्पूर्ण दिदि-बहिनीहरुको शौभाग्य अटल रहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑